Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे गँगटो जसकाे रगतकाे मूल्य लिटरको १८ लाख

भुबी पनेरू

विहीबार, ०६ चैत्र २०७६, १२ : ५९ मा प्रकाशित

यस्ताे गँगटो जसकाे रगतकाे  मूल्य लिटरको १८ लाख

अर्थ संसार, काठमाडौं -प्राय संसार भरीमा हरेक प्राणीकाे रगत रातो नै हुन्छ । तर केही जीव यस्ता पनि छन् जसको रगत रातो नभइ फरक रङ छ भन्दा अच्म्म लाग्न सक्छ।

संसारमा एउटा यस्तो जीव छ, जसको रगत नीलो रङको मात्र छैन उक्त रगतकाे मुल्य लाखौँ रुपैयाँ  छ ।


उक्त जीव पृथ्वीमा रहेका पुराना जीवहरु मध्येको एक हो । यसलाइ हर्स शू क्रयाब अर्थात् घोडतापे गँगटो पनि भनेर चिनिन्छ । यो गँगटोको वैज्ञानिक नाम लिमुलस पोलीफेमस हो ।वैज्ञानिकहरुका अनुसार यो जीव आजभन्दा ४५ करोड वर्षअघि देखि पृथ्वीमा रहँदै आएको छ। ( डाइनोसर भन्दा पनि अघिको समयदेखि अस्तित्वमा थियो) यो जीवले  लाखौँ मानिसहरुको जीवन बचाइसकेको छ ।

सन् १९७० देखि यो जीवको रगतको प्रयोग चिकित्सा उपकरण तथा औषधिहरुमा जीवाणु संक्रमण भए नभएको पत्ता लगाउनका लागि गरिँदै आएको छ । कुनै पनि मेडिकल उपकरणमा खतरनाक जीवाणुको उपस्थिति रोगीका लागि प्राणघातक पनि सावित हुन् छ। जैविक विष निस्तेज पार्नका लागि यो जीवको रगत निकै प्रभावकारी देखिएको छ ।

यो गँगटोको रगतको प्रयोग मानिसको शरीरभित्र प्रयोग गरिने उपकरणमा रहेका प्रदूषणको जाँचमा प्रयोग हुन्छ । खासगरी कृत्रिम गर्भाधान तथा खोपमा प्रयोग हुने उपकरणलाई यसको रगतले शुद्धीकरण गरिन्छ ।

यो जीवको रगतमा तामा अर्थात् कपर तत्व हुने हुनाले नीलो रङको हुन्छ । जबकि, मानिसको रगतमा फलाम हुने हुनाले रातो रङ हुन्छ । साथै उक्त गँगटोको रगतमा एउटा विशेष रसायन हुन्छ । जुन जीवाणुको वरिपरि जम्मा भएर जीवाणुलाई कैद गर्दछ । यसको रगतले निकै कम मात्राका जीवाणु पनि पहिचान गर्न सक्दछ ।

यस गँगटोको रगत दुनियाँको सबैभन्दा महँगो रगत हो । यसको एक लिटरको मूल्य झण्डै १८ लाख रुपैयाँ पर्दछ । एटलान्टिक सोटट्स मरिन फिसरिज कमिसनका अनुसार जैविक चिकित्सकीय प्रयोगकका लागि हरेक वर्ष यसकाे रगतका लागि ५ लाख गँगटा मार्ने गरिन् छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको