Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा कम्पनीको व्यवसाय ६२ अर्ब माथि, कुन कम्पनीले कति संकलन गरे बीमा शुल्क ?

अर्थ संसार

सोमबार, १५ मंसिर २०८२, १२ : ०३ मा प्रकाशित

जीवन बीमा कम्पनीको व्यवसाय ६२ अर्ब माथि, कुन कम्पनीले कति संकलन गरे बीमा शुल्क ?

चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ६२ अर्ब माथिको बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा ठूला जीवन बीमा कम्पनीलेहरुले ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । 

चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको अवधिमा जीवन बमिा कम्पनीहरुले १ करोड १४ लाख ९० हजार ४६५ बीमालेख जारी गरेर उक्त बीमा शुल्क संकलन गर्न सफल भएका हुन् । चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले गत आवको भन्दा साढे १६ प्रतिशतले बीमा शुल्क वृद्धि गर्न सफल भएका छन् । गत आवको कात्तिक महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । गत आवको भन्दा कम्पनीहरुको यस्तो आर्जन १६.५३ प्रतिशतले वृद्धि भएको हो । 

कात्तिक महिनासम्मको अवधिमा सबै भन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ । यो कम्पनीले कात्तिक महिनासम्मको अवधिमा १७ अर्ब ९२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै काकित्तम मसान्तसम्मको अवधिमा नेशनल लाइफले ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । त्यस्तै एलआईसी नेपालले ६ अर्ब ४६ करोड ८९ लाख रुपैयाँ, हिमालयन लाइफले ५ अर्ब ६४ करोड ७ लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ३ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै कात्तिक महिनासम्मको अवधिमा सूर्यज्योति लाइफले ३ अर्ब ६४ करोड ५ लाख रुपैयाँ, एशियन लाइफले २ अर्ब ९९ करोड ५० लाख रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब २८ करोड १६ लाख रुपैयाँ, मेट लाइफले २ अर्ब ९ करोड ४१ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ३० करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको