Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरूको खराब कर्जा बढ्यो

अर्थ संसार

विहीबार, ०४ असार २०७७, ०८ : ५१ मा प्रकाशित

बैंकहरूको खराब कर्जा बढ्यो

अर्थ संसार, काठमाडौं -कोरोनाका कारण मुलुकको अर्थतन्त्र प्रभावित भएसँगै  बैंकहरुको खराब कर्जा पनि बढ्दै गएको नेपाल राष्ट्र बैंकले नाएको छ ।

राष्ट्र बैंकका पुटी गभर्नर शिवराज श्रेष्ठले क कार्यक्रममा सन् २००८ को र्थिक संकटभन्दा कोरोना सर बृहत् रहेको र अर्थतन्त्र न्–झन् खस्किँदै गएको बताएका छन् । ‘कोरोनाले वित्तीय अवस्थालाई नै परिवर्तन गरेको छ,’ उनले भने, ‘यसले अर्थतन्त्रको वृद्धिदरलाई रोकेको छ, खराब कर्जा बढाएको छ ।’

राष्ट्र बैंकले कोभिड–१९ ले पुर्याएको क्षतिलाई नजिकबाट हेरिरहेको बताउँदै श्रेष्ठले यसको असर न्यूनीकरण गर्न पुनर्कर्जाको दायरा बढाइएको दोहोर्याए । ‘चुनौतीको समाधान गर्न प्रोभिजनिङ, ब्याज पुँजीकरण गर्नेदेखि बिजनेस इन्जिनियरिङ गर्नेसम्मका काम भइरहेको छ,’ उनले भने ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अप्रत्याशित जोखिम बढ्न सक्ने सम्भावना रहेको बताए । संकटलाई आन्तरिक र बाह्य दुवै रणनीति बनाएर नयाँ परिस्थितिमा अघि बढ्नुपर्ने उनको भनाइ छ । ‘अहिलेको जोखिमले खराब कर्जा बढ्ने सम्भावना झन् बढाएको छ,’ उनले भने ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गरेको दक्षिण एसियालीस्तरीय साफा छलफल ‘म्यानेजिङ रिस्क एन्ड च्यालेन्जेज अफ फाइनान्सिएल सेक्टर (पोस्ट) कोभिड प्यान्डेमिक ’मा उनले कोरोनाका कारण अप्रत्याशित जोखिम सिर्जना भएको भन्दै सम्पूर्ण पक्ष मिलेर काम गर्नुपर्ने उल्लेख गरे ।

आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कोभिड–१९ का कारण बैंक तथा वित्तीय संस्थाको आम्दानीमा ठूलो धक्का लागेको र बैंकहरूको खराब कर्जादर ह्वात्तै बढेको बताए । महालेखा परीक्षक टंकमणि शर्माले संकटका वेला पनि वित्तीय  अनुशासन र पारदर्शिता कायम गर्नुपर्ने चुनौती बढेको उल्लेख गरे ।

यसैगरी, साफाका अध्यक्ष जियाउल मुस्तफा अवानले वित्तीय क्षेत्रले कोभिड–१९ बाट पर्न सक्ने असरलाई अग्रिम रूपमा मूल्यांकन गर्न नसकेकाले ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आएको दाबी गरे । उनले दक्षिण एसियाली राष्ट्रका सेयर बजार भारी अंकले गुमाएको बताउँदै कारोबार प्रभावित हुँदा लगानीकर्ताले ठूलो नोक्सानी बढेको बताए ।

इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट इन्डियाका अध्यक्ष अतुलकुमार गुप्ताले लकडाउका कारण वित्तीय क्षेत्रमा चुनौती थपिएको उल्लेख गरे ।

उनले लेखामानका मापदण्ड कायम गराउनु अहिलेको ठूलो चुनौती भएको बताए । बंगलादेश चार्टर्ड एकाउन्टेन्ट्सका उपाध्यक्ष सबिर अहमदले कोभिडको महामारीपछि सम्पत्तिको मूल्यांकनमा समस्या थपिएको बताए । जोखिम व्यवस्थापन विभागले पनि यसका लागि धेरै हदसम्म काम गर्न नसक्ने उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको