Like us!
Follow us!
Connect us!
Watch us!

छोटो समयमा नै राम्रो लोकप्रियता कमाएको क्लब हाउस के हो ?

अर्थ संसार

आइतबार, ०६ असार २०७८, १२ : ५५ मा प्रकाशित

छोटो समयमा नै राम्रो लोकप्रियता कमाएको क्लब हाउस के हो ?

पछिल्लाे समय प्रविधिकाे प्रयाेगहरू दिनानुदिन बढ्दै गएकाे छ । विश्व नै प्रविधिमैत्री बनेकाे छ । प्रविधिका नयाँ-नयाँ माध्यमहरू धमाधम सञ्चालन भइरहेका छन् । झन् सामाजिक सञ्जालहरूमा त प्रयाेगकर्ताहरूकाे माेह नै छुट्टै हुन्छ । 

सामाजिक सञ्जालकै बारेमा कुरा गर्नुपर्दा विभिन्न सामाजिक सञ्जालहरूमध्ये आजकाल  एकाएक चर्चामा आएकाे छ, क्लब हाउस । नेपालमा छाेटाे समयमा नै  क्लब हाउसले राम्राे लाेकप्रियता पाएकाे छ । काेराेना भाइरसकाे कारण लागू निषेधाज्ञाले गर्दा प्राय मानिसहरू घरभित्रै बसेका छन् । घरमा बस्दा हरेक व्यक्तिकाे अधिकांश समय माेबाइलमा नै व्यतित हुन्छ । माेबाइल चलाउँदा यस्ता नयाँ-नयाँ सामाजिक सञ्जालहरूप्रति त झन् प्रयाेगकर्ताहरू रूची बढ्ने भयाे नै । 

क्लब हाउस भनेकाे के हाे ?

विभिन्न सामाजिक सञ्जालहरूमध्ये, क्लब हाउस पनि एउटा सामाजिक सञ्जाल एप हाे । खासगरी सन् २०२० मा पल डेभिसन र रोहन सेथले स्टार्टअपको रूपमा डिसकसन प्लेटफर्मका लागी क्लब हाउस बनाएका थिए । आईओएस भर्सनमा मात्र सीमित गरिएकाले त्यतिबेला प्रयोगकर्ताको संख्या बढ्न सकेकाे थिएन । याे एप एन्ड्रोइड भर्सनमा ल्याइएपछि भने यसले व्यापक चर्चा पाएकाे छ । क्लबहाउसमा एउटै रुममा पाँचहजारसम्म व्यक्ति सहभागी हुन सक्नेछन् ।  याे एउटा भर्चुअल रूम हाे । यो एपमा तीन किसिमका भर्चुअल रुम छन् । ती हुन् : ओपन रुम, सोसियल रुम र क्लोज्ड रुम ।

यस एपमा आवाजको माध्यमबाट प्रयोगकर्ताहरुबीच विभिन्न विषयमा सामूहिक र छुट्टाछुट्टै रूममा ‘भ्वाइस’ को माध्यमबाट जोडिन सकिन्छ । क्लब हाउसमा प्रयोगकर्ताहरूले आफूलाई मन लागेको विषयमा भइरहेको कुराकानी सुन्न वा आफैले समुह बनाई अन्तक्रिया गर्न सक्नेछन् । क्लब हाेउस मनोरञ्जन र ज्ञान दुवै हिसाबमा उपयोगी छ । क्लब हाउसले संवाद तथा अन्तक्रियामा हुने आवाजलाई मात्र सपोर्ट गर्दछ । क्लब हाउसमा फोटो वा भिडियोको नाममा प्रोफाइल तस्वीर मात्र हुन्छ । क्लब हाउस भनेकाे कुनै एक विषयमा एउटा कोठाभित्र छलफल गरेजस्तै हो ।

क्लब हाउस कसरी खाेल्ने ?

सर्वप्रथम प्रयाेगकर्ताले याे एप आफ्नो मोबाइलमा डाउनलाेड गर्नुपर्छ । त्यसपछि याे एप चलाउन  यसभन्दा अघि नै क्लब हाउसका प्रयोगकर्ताको इन्भाइटपछि मोबाइल नम्बरमा आएको कोड वा लिंक राख्नुपर्छ । क्लब हाउसमा एकजना प्रयोगकर्ताले ५ जनालाई भन्दा धेरैलाई निःशुल्क इन्भाइट गर्न मिल्दैन ।यो एपमा आफुलाई लागेको विषय राख्न हात उठाएको संकेत थिच्नुपर्छ । यदि बोल्नु छैन भने सुनेर मात्र बस्न सकिन्छ ।

क्लब हाउसकाे बारेमा जान्नैपर्ने ३ कुराहरू :

१. क्लब हाउस नयाँ अडियो-मात्र भएकाे सामाजिक मिडिया प्लेटफर्म हो ।

२. कुनैपनि प्रयाेगर्तालाई क्लब हाउसमा सामेल हुन निमन्त्रणा चाहिन्छ ।

३. क्लब हाउसमा सबै कुरा प्रत्यक्ष र वास्तविक समयमा हुने गर्दछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको