Like us!
Follow us!
Connect us!
Watch us!

फेसबूक र क्लब हाउसको कुरामा नलाग्न लगानीकर्तालाई सेबोनको आग्रह

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, ११ : २९ मा प्रकाशित

फेसबूक र क्लब हाउसको कुरामा नलाग्न लगानीकर्तालाई सेबोनको आग्रह

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले लगानीकर्ताहरूलाई फेसबूक र क्लब हाउसको कुरामा नलाग्न आग्रह गरेकाे छ । त्यस्ता कुराहरू आधिकारीक नहुने भएकोले त्यसैकाे आधारमा लगानी सम्बन्धी निर्णय नलिन बाेर्डले अनुराेध गरेकाे हाे । 

विश्व वित्तीय सप्ताह मनाउँदै सेबाेन, यस्ताे छ एक हप्ताकाे तालिका

बोर्डले विश्व वित्तीय सप्ताह (Global Money Week-2022) को अवसरमा धितोपत्र बजारका लगानीकर्ताका लागि सन्देश भन्दै आज एक सूचना सार्वजनिक गरेकाे छ । साेही सूचनाकाे एक बुँदामा भनिएकाे छ, "धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल (जस्तैः फेसबुक तथा क्लब हाउस) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारीक नहुने भएकोले ती अनुमान, प्रक्षेपण विचार र परामर्शको आधारमा लगानी सम्बन्धी निर्णय नलिनुहोस् ।" 

यसबाहेक पनि बाेर्डले लगानीकर्ताहरूलाई अन्य सुझाव पनि दिएकाे छ । 

धितोपत्र बोर्डको लगानीकर्तालाई सन्देश: सेयरमा लगानी गर्दा कस्ता कुरामा ध्यान दिने ? 

बोर्डले मार्च २१ देखि २७ सम्म एक हप्ताका लागि विश्व वित्तीय सप्ताह (Global Money Week-2022) मनाउँदैछ । खासगरी किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएकाे हाे ।

62392306e93b1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको