Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर तामाकोसीको दोस्रो युनिट पनि चल्यो, दैनिक १५२ मेगावाट विद्युत् उत्पादन

पत्रपत्रिका

बुधबार, ३० असार २०७८, ०८ : २५ मा प्रकाशित

अप्पर तामाकोसीको दोस्रो युनिट पनि चल्यो, दैनिक १५२ मेगावाट विद्युत् उत्पादन

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोस्रो युनिटबाट विद्युत् उत्पादान सुरु भएको छ । दोलखाको विगू गाउँपालिका–१ लामाबगरमा निर्माण भएको ४५६ मेगावाट क्षमताको आयोजनाको दोस्रो युनिटको ७६ मेगावाट विद्युत् मंगलबार दिउँसोबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

दोस्रो युनिट प्रणालीमा जोडिएपछि आयोजनाबाट १५२ मेगावाट विद्युत् उत्पादन भइरहेको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । उनका अनुसार अब हरेक १५ दिनमा अर्को युनिटबाट बाँकी ४ वटा युनिट क्रमशः उत्पादन गर्दै जाने योजना छ ।

“असारभित्रै दोस्रो युनिट सञ्चालन गर्ने योजनाअनुरुप नै आज थप ७६ मेगावाट विद्युत् प्रणालीमा जोडेका छौं,” उनले भने, “अबको २ सातामा तेस्रो युनिट पनि जोडिन्छ ।” आगामी भदौ महिनाभित्र ६ वटै युनिट सञ्चालनमा आउने उनले बताए ।

आयोजनाको विद्युत्गृहमा रहेका ६ वटा युनिटको प्रतिगोटा क्षमता ७६ मेगावाट छ । गत साता ९असार २१ गते, सोमबार० तामाकोसीको पहिलो युनिटबाट उत्पादन सुरु गरिएको थियो । पहिलो सञ्चालनका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै उद्घाटन गरेका थिए ।
आयोजनाले उत्पादन गरेको विद्युत् गोंगरस्थित विद्युत्गृहदेखि ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसन पु(याइएको छ । त्यहाँबाट खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरस्थित ४००(२२० केभी सवस्टेसनमा पु(याइएको छ । न्यू खिम्ती सवस्टेशनमा माथिल्लो तामाकोसीसँगै ५४ मेगावाटको लिखु खोलाको विद्युत्समेत जोडिएको छ । न्यू खिम्ती सवस्टेशन समेत माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले नै निर्माण गरेको हो ।

आयोजनाले सबैभन्दा सुख्खा समयमा दैनिक कम्तीमा ४ घन्टा पूर्ण क्षमता ९४५६ मेगावाट० उत्पादन गर्नेछ । रोल्वालिङ खोलाको पानी मिसाएर उत्पादन बढाउने योजना पनि कार्यान्वयन भइरहेको छ । रोल्वालिङको पानी मिसाउँदा थप २२ करोड युनिट र थप २० मेगावाटबाट १० करोड युनिट विद्युत् थप हुने छ । रोल्वालिङ आयोजनाको पनि डीपीआर गरेर बोलपत्र आह्वानको प्रक्रियामा गएको छ । यो आयोजनाबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट विद्युत् उत्पादन हुनेछ ।

कारोबार दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको