Like us!
Follow us!
Connect us!
Watch us!

सेयर अभौतिकिकरण गराउन सेयरधनीहरूलाई अप्पर तामाकोशीको आग्रह

अर्थ संसार

बुधबार, १८ माघ २०७९, ०६ : ५७ मा प्रकाशित

सेयर अभौतिकिकरण गराउन सेयरधनीहरूलाई अप्पर तामाकोशीको आग्रह

अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानियहरुलाई हितग्राही (डिम्याट) खाता अभौतिकिकरण गराउन आग्रह गरेको छ । मंगलबार एक सूचना प्रकाशन गर्दै कम्पनीले यस्तो आग्रह गरेको हो । 

दोलखा जिल्लाका स्थानीय बासिन्दाहरुको लागि बाँडफाँड गरिएको सेयर, भौतिक प्रमाणपत्र वितरण नगरी सेयरधनीहरूको सुविधाको लागि सोझै सम्बन्धित सेयरधनीहरुको हितग्राहीखातामा जम्मा हुने गरी अभाैतिकिकरण गर्ने व्यवस्था रहेकोमा हालसम्म पनि उल्लेख्य संख्यामा सेयरधनीहरुले हितग्राही खाता उपलब्ध गराई सेयर अभौतिकिकरण गर्न बाँकी रहेको भन्दै कम्पनीले सेयर अभौतिकिकरण गर्नको लागि सूचना प्रकाशित गरेकाे जनाएका छ ।

शेयर डिम्याट खाता अभाैतीकिकरण पश्चात् मात्र सेयर खरीद बिक्री गर्ने सुविधा प्राप्त हुने र भविष्यमा वितरण गर्ने बोनस शेयर तथा अन्य सुविधाहरु समेत हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएकाे छ ।

सूचनामा कम्पनीको सेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेडबाट २०७९ माघ महिनाभर निःशुल्क डिम्याट खाता र मेराे सेयर खोल्ने सुविधा प्रदान गरिएकोले  हितग्राही खाता (Demat Account) खोली अभाैतिकिकरण गर्न बाँकी रहेका आयोजना प्रभावित स्थानीय सेयरधनीहरूले यथासक्य छिटाे असार मसान्तसम्म निःशुल्क खाता खोली सेयर अभौतिकिकरण गराउन भनिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको