Like us!
Follow us!
Connect us!
Watch us!

पूँजीबृद्धिको प्रस्ताव सहित अप्पर तामाकोशीले डाक्यो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश

अर्थ संसार

आइतबार, ०८ साउन २०७९, ०७ : १४ मा प्रकाशित

पूँजीबृद्धिको प्रस्ताव सहित अप्पर तामाकोशीले डाक्यो साधारणसभा, लगानीकर्तालाई छैन लाभांश

अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १४ औँ साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको असार ३० गते बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार १४ औ बार्षिक साधारणसभा भदौ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुने छ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

सभाले कम्पनीको पूँजी बृद्धि सम्बन्धी बिषेश प्रस्तावलाई समेत अनुमोदन गर्नेछ । सभाले समूह ख सर्वसाधारण समूहबाट एक महिला सहित ४ जना सञ्चालकहरुको चयन समेत हुनेछ ।  कम्पनीले लाभांश घोषणा गरेको छैन । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार साउन १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको