Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर तामाकोशी हाइड्रोको वित्तीय विवरण: नाफासँगै घट्यो प्रतिसेयर आम्दानी

अर्थ संसार

शुक्रबार, ३० कार्तिक २०८१, १२ : २३ मा प्रकाशित

अप्पर तामाकोशी हाइड्रोको वित्तीय विवरण: नाफासँगै घट्यो प्रतिसेयर आम्दानी

अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  विवरण अनुसार कम्पनीको कम्पनीको विद्युत बिक्री आम्दानीमा गिरावट आएको छ । 

२१ प्रतिशतले घट्यो विद्युत बिक्री आम्दानी

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत २ अर्ब ९३ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.१२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ७१ करोड ५८ लाख रुपैयाँ थियो।

घट्यो नाफा र सञ्चालन मुनाफा

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३७.२६ प्रतिशत घटेर ६३ करोड १९ लाख रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा २९.८५ प्रतिशत घटेको छ। 

वित्तीय आम्दानी बढ्दा  वित्तीय खर्चमा भने गिरावट 

त्यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ११४.४६ प्रतिशत बढेको छ भने वित्तीय खर्च २४.८८ प्रतिशत घटेको छ।

प्रतिसेयर आम्दानी 

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर ११ रुपैयाँ ९४ पैसामा झरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १३ रुपैयाँ २६ पैसाले घटेको हो । 

प्रतिसेयर नेटवर्थ र मूल्य आम्दानी अनुपात

असोज मसान्तसम्ममा  कम्पनीको प्रतिसेयर नेटवर्थ ६० रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.०५ गुणा रहेको छ।

चुक्ता पूँजी र रिटेन्ड अर्निङ्ग

२१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ९ अर्ब २९ करोड ५९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको