Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोले तल्लाे इन्द्रावतीकाे लाइसेन्स पाएपछि २० प्रतिशत लाभांश दिन सक्ने

अर्थ संसार

आइतबार, ०६ भदौ २०७८, ०७ : ५२ मा प्रकाशित

नेशनल  हाइड्रोले तल्लाे इन्द्रावतीकाे लाइसेन्स पाएपछि २० प्रतिशत लाभांश दिन सक्ने

नेशनल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त  विवरण अनुसार कम्पनीको विद्युत आयोजनाको बाँउमा बाढीले क्षति पुर्याएकाले केही दिन विद्युत उत्पादन नहुँदा मुनाफा केही घटेको छ । कम्पनीले बाढीबाट भएको क्षतिको बीमा कम्पनीसँग दावी गरेकाले बीमा दावी भुक्तानी भएपछि मुनाफा बढ्ने देखिएको छ । 

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा २ करोड २१ लाख ८२ हजार खुद नोक्सानीमा छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ४ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको थियो । 

विद्युत् बिक्रीबाट हुने आम्दानी पनि घटेर २ करोड ५४ लाख १४ हजार रुपैयाँमा सीमित हुन पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ५ करोड ५७ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो । 

२०७७ सालमा आएको बाढिका काराण गतबर्षको असार र साउनमा गरी कम्पनीको ५२ दिन बिद्युत उत्पादन बन्द भएको थियो भने २०७८ मा आएको बाढीका कारण अबरुद्ध परियोजनाको मर्मतको काम भइरहेको कम्पनीले जनाएको छ । 

कम्पनीले प्रकाशन गरेको विवरण अनुसार कम्पनीले २०७८ असारमा आएको बाढिका कारण भएको क्षचि बापत ८ करोड ७५ लाख बिमा दावी गरेको छ । उक्त्त दाबि भुक्तानी नभइसकेकाले कम्पनीले गत आर्थिक बर्षको वित्तीय विवरणमा उक्त आम्दानी समावेश गरेको छैन । 

हाल चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष ३५ करोड ५१ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २१ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ३७ पैसा रहेको छ ।

विद्युत विकास विभागले मागेको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको आर्थिक प्रस्तावमा नेसनल हाइड्रोपावरले सबैभन्दा बढी रकम कबोल गरेकाले नेशनल हाइड्रोले अनुमतिपत्र ९लाइसेन्स०को आसयपत्र (लेटर अफ इन्टेन्ट) पाइसकेको छ । नेशनल हाइड्रोले ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती आयोजनाको लाईसेन्स लिएर आयोजना बनाइरहेका बेला काम बीचमै रोकिएको थियो। काम बन्द भएपछि विद्युत विकास विभागले आयोजनाको लाईसेन्स खारेज गरेको थियो। लाईसेन्स खारेज भएपछि कम्पनीले करिव ६५ करोड रूपैयाँ प्रोभिजनिङ गर्नु परेको हो।

तल्लो इन्द्रावती जलविद्युत आयोजनाको लाईसेन्स पाएपछि प्रोभिजन भएको करिव ६५ करोड रूपैयाँ राइट ब्याक (फिर्ता) हुँदा वासलात धनात्मक बन्ने छ । फलस्वरुप कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई २० प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता बन्ने कम्पनीले विवरणमा उल्लेख गरेको छ ।  । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः 

 

61220e63aaab9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको