Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोको लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

आइतबार, २४ भदौ २०८०, १२ : ४८ मा प्रकाशित

नेशनल हाइड्रोको लिलामी सेयर भर्ने आज अन्तिम माैका

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदाै १३ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा आवेदन दिने आज भदाै २४ गते, आइतबार अन्तिम दिन रहेकाे छ । कम्पनीले निष्कासन गरेकाे ५०% हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हो । 

कम्पनीले असार २९ गते देखि साउन १८ गतेसम्म १० बराबर ५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ करोड ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। यी मध्य  ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद सेयर कम्पनीले साउन ३० गते बाँडफाँट गरेको थियो। यसमा पनि बाँकी रहेको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता सेयर लिलामीमा बिक्री खुलाएकाे हो। 

न्यूनतम मूल्य कति ?
हकप्रद सेयर लिलामीको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। 

कति कित्ताको लागि दिने आवेदन?
लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ। तेस्तै अधिकतम सेयर संख्याका लागि भने कुनै हद लाग्ने छैन।

बिक्री प्रबन्धक को हो ?
हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

कता बाट दिने आवेदन ?
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका, ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, इटहरी, इलाम, पृथ्विचोक पोखरा, बुटवल, विराटनगर, वीरगंज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र बुझाउन सक्नेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको