Like us!
Follow us!
Connect us!
Watch us!

सुनकोशी हाइड्रोको सेयर अब नेसनल हाइड्रोको नाममा नेप्सेमा सूचीकृत

अर्थ संसार

बुधबार, २४ असोज २०८०, १६ : ११ मा प्रकाशित

सुनकोशी हाइड्रोको सेयर अब नेसनल हाइड्रोको नाममा नेप्सेमा सूचीकृत

नेसनल हाइड्रो पावर कम्पनीले सुनकोशी हाइड्रो कम्पनीलाई एक्वायर गरेपश्चातको सेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेसनल हाइड्रोले सुनकोशी हाइड्रोलाई १:०२५ को अनुपातमा प्राप्ति गरेको थियो । सुनकोशी हाइड्रो कम्पनीको एक लाख कित्ता सेयर १:०.२५ अनुपातमा प्राप्ति गरेको नेसनल हाइड्रोको अब २५ हजार कित्ता सेयर थप भएको छ । यस सँगै नेसनल हाइड्रोको कुल सूचीकृत सेयर पनि एक करोड ६४ लाख ४२ हजार ९ सय २० कित्ता पुगेको छ ।

उक्त २५ हजार कित्ता सेयर भोलि देखि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । नेसनल हाइड्रोको सेयर आज दोस्रो बजारमा प्रति कित्ता एक सय ४४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको