Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोपावरको २७औं र २८औं वार्षिक साधारणसभा मंसिर २८ गते हुने

अर्थ संसार

मंगलबार, ०४ मंसिर २०८१, ०८ : ११ मा प्रकाशित

नेशनल हाइड्रोपावरको २७औं र २८औं वार्षिक साधारणसभा मंसिर २८ गते हुने

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो २७औं र २८औं वार्षिक साधारणसभा एकैसाथ मंसिर २८ गते गर्ने भएको छ। सभा बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा बिहान ११ बजे शुरू हुनेछ।

लाभांश प्रस्ताव छैन, वित्तीय विवरण पारित हुने

कम्पनीले यस पटकको साधारणसभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वित्तीय विवरणमा छलफल गरी पारित गरिनेछ।

मुख्य एजेन्डाहरू

  • गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन अनुमोदन र पारिश्रमिक निर्धारण।
  • चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण।
  • विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन।
  • रिक्त सञ्चालक पदमा दुई जना नयाँ सञ्चालकको नियुक्ति।

बुक क्लोज 

साधारणसभाको प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्ने जनाएको छ। यस अनुसार, मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले सभामा सहभागी हुन पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको