Like us!
Follow us!
Connect us!
Watch us!

चार कम्पनीलाई लिएर धितोपत्र बोर्डमा परेको उजुरी सम्बन्धमा, उजुरीको उद्देश्य के हुनसक्छ ?

अर्थ संसार

मंगलबार, २९ भदौ २०७८, ०८ : ४३ मा प्रकाशित

चार कम्पनीलाई लिएर धितोपत्र बोर्डमा परेको उजुरी सम्बन्धमा, उजुरीको उद्देश्य के हुनसक्छ ?

हिजो एक लगानिकर्ता मित्रले चार कम्पनीको नामनै उल्लेख गरेर ति कम्पनीहरुको सेयर कारोबारमा ईन्साईडर ट्रेडिङ भयो भनेर धितोपत्र बोर्डमा हालेको उजुरीको बिषयले सामाजिक सँजालमा प्राथमिकता पायो। उजुरिकर्तालाई धेरैले गाली गलौज गरेको पाईयो जुन एकदमै गलत हो, आउनुहोस् गाली हैन स्वस्थ बहस गरौं । यस बिषयमा मलाई लागेको कुरा उल्लेख गर्दैछु।

उजुरीकर्ताको नियत सफा नै हुन्थ्यो भने चुपचाप गोप्य रुपमा उजुरी दिन्थे। यहाँ त बाजा बजाएर जन्ती सहित दुलही लिन गएको पाराले मिडियालाई अघी अघी लगाएर भिडियो बनाएर, फोटो शेसन गर्दै गरेको उजुरी देख्दा यो हदसम्मको पब्लिसिटी स्टन्ट अलि पाच्य भएन।

उजुरी को उद्देश्य के हुनसक्छ?

•मिडिया र उजुरिकर्ता चर्चामा आउन।

•उजुरीकर्ताले उक्त कम्पनीहरु बाट अपेक्षित लाभ लिन नसकेको कारण।

•कसैको बहकावमा लागेर बढी भावनात्मक हुनुको नतिजा।

उजुरीको उपचार कसरी होला?

नियामक निकायहरुमा यस्ता उजुरीहरु दैनिक जसो पर्दै गरेका हुन्छन्, जसमद्धे ९९% त दर्ता फाँट बाट सम्बन्धित बिभागमा पुगेर डस्बिनमा बास बस्न पुग्छन्। बिना प्रमाण "रे" कै भरमा गरिने धेरैजसो उजुरीहरु अन्त त डस्बिनमै जाने हुन्।

हिजो उजुरी मा परेका ४ कम्पनीका लगानिकर्ताहरुमा एक किसिमको त्रासनै देखियो जसको नकारात्मक असार बजारमा देखियो।

सम्बन्धित निकायले चासो देखाएको खण्डमा निम्न कार्य हुन सक्छ्न्:

•सर्वप्रथम त उजुरीको जाँच सुरु गर्नु पुर्व उजुरिकर्ता उनको परिवारको बिगत केहि महिनाको कारोबार बिवरण हेरेर अनुसन्धानको ढोका खोल्न सकिन्छ।

•बिना प्रमाण उजुर गरिएका कम्पनीहरुले उजुरिकर्ता बिरुद्द मानहानीको मुद्दासम्म हाल्न सक्छन्, जुन बिषयमा उजुरीकर्ता कमजोर हुने निश्चित छ।

लगानिकर्ताहरुले यो बिषय लाई लिएर चिन्तित हुनु जरुरी छैन। यस अघी धितोपत्र बोर्ड ले ५१ कम्पनीनै तोकेर जोखिमको सुची निकाल्दा त अहिले तिनै कम्पनीहरुको मुल्य दोब्बर सम्म बढेर बजार नै लिड गरी रहेका छन् भने एक सामान्य लगानिकर्ताले बिना कुनै तथ्य उजुरी दिंदा किन कोलहाल ?

(नोट: माथी उल्लेख गरिएका कम्पनीहरु मेरो रोजाईमा आजसम्म परेका छैनन्, जस्तो बुझें त्यस्तै लेखें)

थैन्कु।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको