Like us!
Follow us!
Connect us!
Watch us!

पूँजीबजारको लगानी अनुत्पादक भए के लुटेर,भ्रष्टाचार गरेर कमाएको चाहिं उत्पादक हो कमरेड ?

अर्थ संसार

आइतबार, २६ मंसिर २०७८, १७ : ११ मा प्रकाशित

पूँजीबजारको लगानी अनुत्पादक भए के लुटेर,भ्रष्टाचार गरेर कमाएको चाहिं उत्पादक हो कमरेड ?

सामाजिक सञ्जाल फेसबुकमा शिबचन्द्र डोनका नामले परिचित पात्रले नेकपा माओवादीका अध्यक्ष पुष्मकमल दाहाल (प्रचण्ड)को पूँजीबजार सम्बन्धी अभिव्यक्तिलाई लक्षित गर्दै पुँजीबजारको लगानी अनुत्पादक भए लुटेर, ठगेर, ढाँटेर, भ्रष्टाचार गरेर कमाएको चाहिं उत्पादक हो त कमरेड भनि प्रश्न गरेका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले भनेका छन् पुँजीबजारको लगानी अनुत्पादक भए लुटेर, ठगेर, ढाँटेर, भ्रष्टाचार गरेर कमाएको चाहिं उत्पादक हो त कमरेड ? यदि त्यसो हो भने पुँजीबजार बन्द गरेर २५ लाख लगानीकर्तालाई जंगल पठाएर गुरिल्ला तालिम दिनु पर्‍यो । 

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टीको ७ वटै प्रदेशको प्रदेश सम्मेलनलाइ सम्बोधन गर्ने क्रममा धितोपत्र बोर्ड र पुँजीबजारलाई साम्राज्यावादको विकसित स्वरुपको रुपमा चित्रित गरे । माओ र लेनिनको पालामा पुँजीको परिचालन यो रुपमा हुने गर्दैनथ्यो त्यसैले उहाँहरुले यो कुरालाई विस्तृत देख्न पाउनुभएन, अब हाम्रो काँधमा कसरी पुँजीबादलाइ भण्डाफोर गर्ने भन्ने जिम्मेवारी रहेको बताएका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको