Like us!
Follow us!
Connect us!
Watch us!

बजारको गिरावट अस्वभाविक, अब के गर्ने ?

अर्थ संसार

आइतबार, १९ मंसिर २०७८, १६ : ४९ मा प्रकाशित

बजारको गिरावट अस्वभाविक, अब के गर्ने ?

आज नेप्से परिसुचकमा ७२.३२ अंकको अस्वभाबिक गिरावटसँगै परिसुचक २५१३.८७ मा बन्द भएको छ । 

खडेरी मौसममा बजार बढ्दा अब कहिल्यै पछाडी फर्किएर हेर्नु पर्दैन भन्ने सोचेर माथिल्लो मुल्यमा आँखा चिम्लेर सेयर किन्नेहरु नै लटरम्म फल लागेर पाकिसकेको मौसममा अब सबै सकियो भनेर आँखा चिम्लेर कौडीको भाउमा आफ्नो सम्पत्ती हुत्याउने गरेको पाईन्छ। यो अहिलेको मात्र समस्या हैन पुरानै समस्या हो तर अहिले मिडिया, सामाजिक सँजालहरु बढीनै हावी भएको कारण पनि माहौल बढी तताउने र तात्ने गरेको पाईन्छ । 

बजार बढेर कहाँसम्म पुग्छ र घटेर कहाँसम्म झर्छ कसैलाई थाहा हुँदैन । एउटा कुरा चाहिं पक्का छ बजार जसरी बढ्छ त्यसै गरी घट्छ र जसरी घट्छ त्यसैगरी बढ्छ । मुख्य कुरा खरिद र बिक्री दुबैको लागी आफुले एउटा टार्गेट सेट गर्नु पर्‍यो अनि आफ्नो बाटोबाट बिचलित नभईकन सोही अनुरुप अघी बढ्नु पर्‍यो । 

अहिले बिक्री गर्नेहरुले सायदै फाईदामा बिक्री गरेका होलान् । बिक्री गर्नेले अहिले बिक्री गरौं अझै घटेपछी फेरी किनौंला भन्ने सोचका साथ बिक्री गरेका छन् । भोली कुनैपनी समय बजारले सकारात्मक माहौल समात्ने बित्तिकै  हौसिएर बढ्दो मुल्यमा खरिद गर्ने भनेका अहिले डराएर बिक्री गर्नेहरुनै हुनेछन् । 

अब के गर्ने ?

• आफ्नो होल्डिङमा यदि फल दिन नसक्ने कम्पनीहरु छन् भने फल लागी सकेका क्रीम कम्पनीमा शिफ्ट गर्ने ।

• थप लगानी योग्य रकम छ भने घट्दो दरमा थोरै थोरै रकम यो एक बर्षमा दुई पट्क लाभांश खान सकिने कम्पनीमा लगानी गर्दै जाने।

• बजारप्रती नकारात्मक धारणा राख्नेहरु, सेयर बिक्री गरेर बसेकाहरु, बिज्ञ बिष्लेषक, मिडियाहरु कसैको कुरा नसुनी आफु सँग सेयर नै छैन भन्ने सम्झेर बजारबाट अन्तत कमाउने मैले नै हो भन्ने सम्झिएर मुखैमा आएका लाभांशहरु पचाउँदै मात्र ३ महिना ढुक्कका साथ बस्नुहोस्।  
तरलता असहजको अवस्थामा पनि राष्ट्र बैंकले ब्याजदरमा अंकुश लगाएकै छ। अब तरलता कसरी सहज बनाउने भन्ने उसैको सरोकार को बिषय हो। कि संयन्त्र नै फेल भएको घोषणा हुनु पर्‍यो कि त रोगको सही उपचार हुनु पर्‍यो। 

यदि अहिले राष्ट्र बैंक ले ४/१२ को निती खुकुलो पारेको भएता पनि बैंक सँग ऋण प्रवाह गर्ने रकम अभाव नै हुने थियो। तसर्थ अहिले ४/१२ लाई हाउगुजी बनाउन कुनै जरुरी छैन। 

लगानिकर्तामा अहिलेको मुख्य समस्या भनेको अधिक त्रास सिवाय केहि हैन। बजारमा बियरिस सुरु भयो भन्ने हल्ला पनि चलाईएका छन्। ३२०० बाट छोटो समयमै २५०० मा झर्नु जती बियरिस त के नै होला र? बिरालो बाँधेर श्राद्द गरे झैं सँधै बियर र बुलको चक्र ७ बर्ष नै हुन्छ भन्ने पनि हुँदैन। केहि समय बजार सुस्ताउला तर प्रबिधीको बिकास, लगानिकर्ताको पहुँच, लगानिको लागी अन्य क्षेत्रको संकुचनताको कारण अन्तत बढ्ने भनेकै सेयर बजारनै हो। आगामी दिनमा घट्ने ठाउँभन्दा बढ्ने ठाउँनै धेरै देखिन्छ। 

अन्त्यमा,

बजार बढ्दा होस् या घट्दा घुन पिसाईमा नयाँ र साना लगानिकर्तानै पर्ने गर्दछन् । अनुकुल परिस्थितीमा त कसैले कसैलाई सिकाउनै पर्दैन सबैले कमाउँछन्। सल्लाह र सुझावको आवश्यक्ता भनेको प्रतिकुल परिस्थितीमै आवश्यक पर्दछ । यो समयमा जसले समग्र परिस्थितीको अध्यान,सोच बिचार गरेर सही निर्णय लिएर टिक्ने प्रयास गर्छ भोलीको दिनमा कमाउने भनेकै उसैले हो। आफुलाई दृढ राख्न नसकी अरुको लहलहैमा लागेर बजारबाट पलायन हुनेहरुले नै हुन्  सेयर बजारबाट गिन्दगीभरको लागी गुमाउने। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको