Like us!
Follow us!
Connect us!
Watch us!

नियामकको बेतुके रवैया, अचानोमा नियमनमा रहेका सँस्थाहरु !

अर्थ संसार

शनिबार, १८ मंसिर २०७८, ०९ : २८ मा प्रकाशित

नियामकको बेतुके रवैया, अचानोमा नियमनमा रहेका सँस्थाहरु !

 नांग्लो पसलबाट आफ्नो ब्यवसाय सुरु गर्नेले पनि ब्यापारको आकार र पुँजी बढाउँदै डिपार्टमेन्ट स्टोरसम्म खोलेका प्रसस्त उदाहरणहरु छन्। ब्यवसाय गर्नेले पुँजी थप गरेर आफ्नो ब्यवसाय बढाउँछु भन्दा पाउनु पर्छ। 

बैंक तथा बित्तिय सँस्थाको नियामक नेपाल राष्ट्र बैंकले भने आफ्नो नियमनमा रहेका सँस्थाहरुलाई हकप्रदमा पुर्णतय रोक लगाएको छ। जसमा कुनै ठोस तर्क छैन। उनिहरुमा यही एउटा सोच मात्र हावी छ कि हकप्रदको स्विकृती दियो भने सेयर बजार बढ्छ !

त्यस्तै बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितीले पनि राष्ट्र बैंक कै सिको गर्दै बिमा कम्पनीहरुलाई हकप्रदमा रोक लगाएको छ। यसमा पनि तर्क हकप्रदको स्विकृती दिंदा बिमा कम्पनीहरुको सेयर मुल्य बढ्छ। गएको आर्थीक बर्ष हकप्रदको लागी स्विकृती लिएका शिखर ईन्स्योरेन्स र आईएमई जनरल ईन्सुरेन्सको नजिरलाई टेकेर समिती समक्ष हकप्रदको लागी आवेदन दिन पुगेको एउटा ईन्सुरेन्सका प्रतिनिधीलाई बिमा समितीका एक जिम्मेवार ब्याक्तीले भनेछन्, "हकप्रदको स्विकृती दिन मिल्दैन, शिखर र आईएमई जनरल ले त हामिलाई झुक्याएर झ्यालबाट स्विकृती लगेछन्!" सकिएन अब!

बाँढ्ने बेलामामा आँखा चिम्लिएर अनावश्यक लाईसेन्स बाँढ्ने, पछी सँख्या घटाउन मर्जमा जाओ भन्ने, पुँजी थपेर ब्यापार बढाउँछु भन्दा स्विकृती नदिने नियामकको यो पारा देख्दा घाँटी अठ्याएर "आची गरे गर, सुसु गरिस् भने काट्छु" भनेझैं भान भयो!

शुभ प्रभात 
थैन्कु

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको