Like us!
Follow us!
Connect us!
Watch us!

अफसोच मैले आफ्ना आमा बाबुलाई सेयर भनेको पनि सम्पत्ती नै हो भनेर बुझाउनै सकिन !

अर्थ संसार

सोमबार, १३ मंसिर २०७८, १८ : ४५ मा प्रकाशित

अफसोच मैले आफ्ना आमा बाबुलाई सेयर भनेको पनि सम्पत्ती नै हो भनेर बुझाउनै सकिन !

सामाजिक सञ्जाल फेसबुकमा शिवचन्द्रका नामले परिचित लगानीकर्ताले अबको पुस्तालाई सम्पती भनेको सेयर हो भनेर बुझाउनु पर्ने बताएका छन् । उनले यो कुरा आँफुले आफ्ना बाबु आमालाई बुझाउन नसकेपनि अबको पुस्तालाई भने यो कुरा सिकाउन थालिसकेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन् "केहि समय अघीको कुरा हो म एउटा बैंकमा लोन लिन जाँदा मेरो बुवासँग बैंक भित्रै जम्काभेट भयो। म १२.५ प्रतिशत ब्याजमा कर्जा लिन पुगेको थिएँ। मेरो बुवाले सुटुक्क ८ प्रतिशत मा मुद्दति नविकरण गर्नु भएछ। अफसोच मेरो १८ बर्षको सेयर बजारको यात्रामा मैले आफ्नो आमा बाबुलाई सेयर भनेको पनि सम्पत्ती नै हो भनेर बुझाउनै सकिन।" 

उनले थपेका छन् "अबको पुस्तालाई चाहिं सम्पत्ती भनेको नै सेयर हो । बिश्वका धनीहरुको मापन गर्ने पहिलो थर्मोमिटर नै उनिहरुसँग रहेको सेयर हो भनेर सिकाउन थालिसकेको छुँ ।"
थैन्कु !

61a4cf47b6638.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको