Like us!
Follow us!
Connect us!
Watch us!

धमाधम एककिृत कारोबर

विहीबार, २९ असार २०७४, १६ : ०९ मा प्रकाशित

धमाधम एककिृत कारोबर

अर्थसंसार,
काठमाडौ – नेपाल राष्ट्र बैंकले तोकिएको समय सिमाभित्र ८ अर्ब चुक्ता पुँजी पुर्याउनका लागि हिजोआज दुई विक्तिय संस्थाविच गाभिन क्रम बढ्दो छ ।

समयसिमा भित्र चुक्ता पुँजी पर्याउनको लागि ठूलो वित्तिय संस्थाले साना वित्तिय संस्थालाई तान्न थालेका छन् ।

जसको लागि वित्तिय संस्थाहरुले प्राप्तिको गर्न नेपाल राष्ट्र बैंकमा आवेद दिनको संख्या पनि ठूलो छ । कतिपय बैंक तथा वित्तिय संस्थाले मर्ज गरी एकिकृत कारोबार समेत गर्न थालिसकेको छन् । जसको पछिल्लो उदाहारण  हो, ग्लोबल आईएमई बैंक ।

ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी असार २५ देखि एकीकृत कारोवार थालेको छ ।

प्राप्ति पश्चात् बैंकले ग्लोब आईएमई बैंकको नामबाट नै एकिकृत कारोबार गरेको छ । ग्लोबल ८२ दशमलब ९० प्रतिशत स्वाप अनुपातमा रिलायबलका सेयरधनीहरुले १ कित्ता बराबरा ग्लोबल आइएमईको  ८२ .९० कित्ता सेयर पाउने छन् ।

बैंकले चालु आर्थिक बर्षको तेश्रो त्रैमासिकमा १ अर्ब ४८ करोड रुपैया खुद मुनाफा आर्जन गरेको छ । रिलायबललाई प्राप्ति पश्चात  ग्लोबलको चुक्ता  पुँजी८ अर्ब ८ करोड पुग्ने छ ।

यस सँगै ग्लोबल आईएमई बैंक नेपाल राष्ट्र बैंकले  तोकिएको चुक्ता पुँजी ८ अर्ब पुर्याउने चौथो बाणिज्य बन्न सफल भएको छ । यस अघि राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक , नेपाल ईन्भेष्टमेन्ट बैंक र नेपाल बैंक ८ अर्ब चुक्ता पुँजी पुर्याई सकेका छन् ।

त्यसैगगरी जनता बैंक नेपालले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी भालीदेखि (आसर ३० गते) देखि एकिकृत कारोबार गर्ने भएको छ  । यस्तै आजदेखि असारमा इन्भेस्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई गाभेर एकिकृत कारोवार सुरु गरेको छ ।

साथै, सेन्चुरी बैंकले पनि सेती फाईनान्सलाई गाभेर एकिकृत कारोवार तयारी गरेको छ  भने गण्डकी फेवा विकास बैंक गाभिएर गण्डकी विकास बैंक बनिसकेको छ  ।

उता यती डेभलपमेन्ट बैंकलाई गाभेर महालक्ष्मी विकास बैंक सबैभन्दा ठुलो विकास बैंक बनेको छ । दुबै विकास बैंकक गाभिए पश्चात महालक्ष्मी विकास बैंकका चुक्ता पुँजी २ अर्ब ६३ करोड पुगेको छ । राष्ट्र बैंकले विकास बैकको लागि चुक्ता पुँजी २ अर्ब ५० करोड तोकेको छ ।

मर्जर पछि बैंकको निक्षेप २४ अर्ब २१ करोड कर्जा २० अर्ब २६ करोड, शाखा सञजाल ६५ पुगेको छ भने , ग्राहक संख्या ३ लाख ६४ हजार पुगेको छ ।

केहि समय अघि मात्र महालक्ष्मी फाइनान्स, मालीका विकास बैक र सिद्धार्थ विकास फाइनान्स एक आपसमा मर्ज भई महालक्ष्मी विकास बैंकको जन्म जन्न भएको हो ।

पुँजी वृद्धिको अबधि सकिदै लाग्दा महालक्ष्मीले तीन बर्ष पहिले मनकामना विकास बैंक, यती डेभलपमेन्ट बैंक र भ्याली फाईनान्स मर्ज भएर बनेको यती डेभलपमेन्ट बैंकको साथ लिएको हो ।
यस्तै सोहि दिन सिभिल बैंकले युनिक फाईनान्स र हामा फाईनान्सलाई पनि गाभेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको