Like us!
Follow us!
Connect us!
Watch us!

विन नेपाल लघुवित्तको एफपिओ बाँडफाँट सम्पन्न,यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा

अर्थ संसार

आइतबार, ०७ बैशाख २०८२, १० : ०२ मा प्रकाशित

विन नेपाल लघुवित्तको एफपिओ बाँडफाँट सम्पन्न,यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा एफपिओ बाँडफाँट सम्पन्न भएको हो । यसमा ५ हजार १२९ जना लगानीकर्ताले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।

यसमा १९ लाख २० हजार ९३९ जनाले आवेदन दिएकामा २ हजार ५२३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी गराएको छ ।

रितपूर्वक आवेदन दिएका १९ लाख २० हजार ९३९ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले  चैत २१ गतेदेखि २६ गतेसम्म कुल ५१ हजार २९२.५० कित्ता सेयर निष्काशन गरेको थियो ।

यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा

सिडिएसिले आइपीओ हेर्नेका लागि बनाएको बेवासाइट:  https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकः https://www.nsmbl.com.np/
मेरो शेयरः https://meroshare.cdsc.com.np/#/login
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको