Like us!
Follow us!
Connect us!
Watch us!

लगातार दोश्रो दिन पनि ओरालो लाग्यो सेयरबजार ,८ अर्ब ७७ करोडको कारोबार

अर्थ संसार

सोमबार, ०८ बैशाख २०८२, १५ : ०८ मा प्रकाशित

लगातार  दोश्रो दिन पनि ओरालो लाग्यो सेयरबजार ,८ अर्ब ७७ करोडको कारोबार

नेपाली सेयर बजार लगातार दोश्रो दिन पनि ओरालो लागेको छ । नेप्से आज ७.७५ अकंले घटेर २७०१.९९ बिन्दुमा बन्द भएको छ । आज ३१९ कम्पनीको २ करोेड १२ लाख ३ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज पाँच वटा उपसूचक राताम्य हुँदा ८ उपसूचकमा हरियाली आएको छ । यसदिन ११२ कम्पनीको सेयरमूल्य बढेको छ भने १३३ कम्पनीको घटेको छ । 

आज सबेभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५३ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एनएमबि हाइब्रिट फन्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७.९० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको