Like us!
Follow us!
Connect us!
Watch us!

रेनुलाई हर्कको जवाफ - तपाईंको बाऊ ठिक रहेनछन्, प्रधानमन्त्री हुँदा बजेट नै छुट्याइदिएनन्

अर्थ संसार

सोमबार, ०८ बैशाख २०८२, ११ : १० मा प्रकाशित

रेनुलाई हर्कको जवाफ - तपाईंको बाऊ ठिक रहेनछन्, प्रधानमन्त्री हुँदा बजेट नै छुट्याइदिएनन्

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले चितवन महानगरपालिकाका मेयर रेनु दाहाललाई ‘तपाईंको बाउ ठिक रहेनछन्’ भन्दै सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन्।

धरानका मेयर राईले ठूला योजना गर्नुपर्थौ भन्ने भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अभिव्यक्तिमा धरानका मेयर राईले त्यस्तो जवाफ फर्काएका हुन्।

पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा माग्दा २० लाख रुपैयाँ मात्रै छुट्याइदिएको भन्दै सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘रेनु दहालले मलाई ठूला योजना गर्नु पर्थ्यो भनेर भनेछ! रेनुजी तपाईंको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने? बाऊ ठीक रैन छ पार्टी ठीक रैछ छ त!’

उनले लेखेका छन्,

‘रेनु दहालले मलाई ठुला योजना गर्नु पर्थौ भनेर भनेछ ! रेनुजी तपाइँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने ? बाऊ ठिक रैनछ पार्टी ठिक रैछ छ त ! एयरपोर्ट मागेको तपाइँकै पार्टीको सुदन किराती मन्त्री थिए र तपाइँकै बाऊ प्रधानमन्त्री थिए, बिराटनगरमा छँदैछ किन चाहियो धरानमा भने ! अहिलेका पार्टी ठिक्छैन रैछ कुनै पनि विभेद गर्छ ! तपाइँको बाऊले नि प्रम हुँदा बजेट जति सबै तपाईंकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे ! अब ८४ मा म आफै आएर गर्नु पर्ला त्यो ठाउँमा भन्दैछु ! बालेन जीको कुरा नगर्नु वहाँको बजेट २६ अर्ब माथिछ ! पैसा २०% पनि खर्च गर्न सक्दैन त्यो महानगरले ! बिना पैसा पनि बिकास कसरी गर्न सकिन्छ ! जनताको शक्तिलाई ढुङ्गा हान्न, भएको संरचना भत्काउन र मान्छे मार्नमा होइन देश निर्माणमा कसरी जोड्न सकिन्छ भन्ने कुरा सिक्न म कहाँ आउनु ! भिजन भनेको के हो त्यो म सिकाउँछु ! विदेशी ऋण बोकेर धेरै ठूलो गाडी हाँक्नु हुँदन ! स्वादेशी उत्पादनमा जोड दिनु पर्छ ! यो हो भिजन ! बिचरा तपाइँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईंहरुको पार्टी सामन्त र दलाल, पूँजीपतिहरुको पार्टी बनिसक्यो भन्ने ! बिचरा…’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको