Like us!
Follow us!
Connect us!
Watch us!

पुल सुधार कार्यक्रमका लागि विश्व बैंकद्वारा १५ करोड डलर ऋण स्वीकृत

अर्थ संसार

आइतबार, १७ चैत्र २०८१, १५ : २४ मा प्रकाशित

पुल सुधार कार्यक्रमका लागि विश्व बैंकद्वारा  १५ करोड डलर ऋण स्वीकृत

विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न नेपाललाई १५ करोड डलर ऋण स्वीकृत गरेको छ ।

बैंकको शुक्रबार बसेको बोर्ड बैठकले उक्त ऋण स्वीकृत गरेको हो । यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मतसम्भार तथा सबलीकरणका निम्ति स्वीकृत गरिएको वासिङ्टन डिसीस्थित विश्व बैंकको प्रधानकार्यालयले जनाएको छ । 

विश्व बैंकले नेपालको पुल प्रणाली दुर्गम र सहरी समुदायलाई जीवन यापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरलगायत आधारभूत सेवाहरुमा जोड्न जीवनरेखा भएको बताएको छ । यद्दपि, बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक जोखिमले पुलको पूर्वाधारमा गम्भीर असर गर्दै आएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको