Like us!
Follow us!
Connect us!
Watch us!

एक सातामै करोड कमायो जात्राले

आइतबार, ०५ मंसिर २०७३, १३ : ५५ मा प्रकाशित

एक सातामै करोड कमायो जात्राले

अर्थ संसार 
काठमाडौं–चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ । प्रर्दशनमा आएको एक साता नपुग्दै जात्राले करोड कमाएको हो । जात्राले बुधबारसम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको फिल्म वितरक माधव वाग्लेले जानकारी दिए । 

मल्टिप्लेक्स हलहरुमा जात्राको शो थपिएको उनले बताए । थपिएका शोहरुमा पनि दर्शकको गतिलो उपस्थिति रहेको निर्माता एवं कलाकार रविन्द्रसिंह बानीयाँको भनाई छ । दोश्रो सातामा प्रवेश गर्न लागेको बेलामा शोहरु थपिनुका साथै दर्शकको उपस्थिति बाक्लिँदै गरेकाले फिल्म निर्माण टोली उत्सहित रहेको उनले बताए । 

समिक्षकहरुबाट समेत गतिलो प्रशंसा बटुलेको जात्रालाई मह सञ्चारमा लामो समय काम गरेका निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानीयाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्यलगायतको अभिनय छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको