Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

अर्थ संसार

आइतबार, १४ बैशाख २०८२, १० : ३५ मा प्रकाशित

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

 नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार १ हजार रुपैयाँले बढेको सुनको मूल्य आइतबार भने १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । आइतबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको