Like us!
Follow us!
Connect us!
Watch us!

राजावादी आन्दोलनको क्रममा तीन कुरियर कम्पनी तोडफोड, दोषीमाथि कारबाहीको माग

अर्थ संसार

सोमबार, १८ चैत्र २०८१, ०८ : २७ मा प्रकाशित

राजावादी आन्दोलनको क्रममा तीन कुरियर कम्पनी तोडफोड, दोषीमाथि कारबाहीको माग

नेपाल कुरियर सेवा संघ (कोसान) ले तिनकुने क्षेत्रमा राजावादी समूहद्वारा आयोजना गरिएको विरोध कार्यक्रमका क्रममा भएको ढुङ्गामुढा तथा आगजनीमा तीनवटा कुरियर कम्पनीलाई क्षति पुगेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ। संघले आज एक विज्ञप्ति जारी गर्दै कानूनी प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका कुरियर व्यवसायीहरूमाथि भएको आक्रमणको घोर भर्त्सना गरेको छ।

संघका अनुसार, यस प्रकारको हिंसात्मक गतिविधिले निजी क्षेत्रलाई निरुत्साहित गर्नुका साथै नागरिकको निजी सम्पत्तिमा आक्रमण गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न सक्छ। संघले भनेको छ, “राजनीतिक विरोधका नाममा भएको ढुङ्गामुढा, आगजनी तथा तोडफोडबाट भएको क्षतिले व्यवसायिक वातावरण खल्बलिनुका साथै जनतामा राजनीतिप्रति वितृष्णा पैदा गराउँछ। यसले दीर्घकालीन रूपमा राज्यका लागि गम्भीर समस्या उत्पन्न गर्न सक्छ।”

संघले घटनामा संलग्न समूह तथा व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारबाही गर्न माग गरेको छ। साथै, पीडित कुरियर व्यवसायीहरूको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ।

व्यवसायिक वातावरणको सुरक्षाका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिँदै कोसानले तोडफोड तथा आगजनी जस्ता घटनाहरूको पुनरावृत्ति रोक्न आवश्यक पहल गर्नुपर्ने मागसमेत गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको