Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रोपटक नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, १४ बैशाख २०८२, ११ : २९ मा प्रकाशित

दोस्रोपटक नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ७० औं वार्षिकोत्सव मनाउँदै छ ।

२०१३ साल वैशाख १४ गते राष्ट्र बैंकको स्थापाना भएको दिनलाई केन्द्रीय बैंकले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

राष्ट्र बैंकले ७० औं वार्षिकोत्सवको अवसरमा कामु गभर्नर डा नीलम ढुंगाना तिम्सिनाले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुक्षित एवं सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधरकणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिवद्धता’ व्यक्त गरेकी छन् ।

 यसपटकको वार्षिकोत्सवमा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत २३ गतेदेखि सकिएसँगै अहिले राष्ट्र बैंक अन्तरिम नेतृत्वको भरमा चलिरहेको छ । 

राष्ट्र बैंकले नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउन लागेको यो दोस्रोपटक हो । पछिल्लोपटक ५२ वर्षघअघि राष्ट्र बैंकले नेतृत्वविना नै वार्षिकोत्सव मनाएको थियो । 

कुन समयमा कति समय नेतृत्वविहीन भयो राष्ट्र बैंक ? 

राष्ट्र बैंक ऐनले  पुरानो नेतृत्वको कार्यकाल सकिनुभन्दा एक महिना अघि नै नेतृत्व चयन गरिसक्नुपर्ने व्यवस्था छ ।

२०२४ साउनमा तत्कालीन गभर्नर भेषबहादुर थापाले राजीनामा दिएपछि राष्ट्र बैंक करिब ९ महिना नेतृत्वविहीन भएको थियो । त्यसपछि यादव पन्त गभर्नर बनेका थिए । पन्तले छाडेपछि कुलशेखर शर्मा नियुक्ति हुँदा ११ दिन राष्ट्र बैंक रिक्त थियो ।  त्यस्तै शर्माको कार्यकाल सकिएपछि ६ महिनासम्म राष्ट्र बैंकले नेतृत्व पाएन ।

२०३६ असारमा कल्याणविक्रम अधिकारी गभर्नर नियुक्त भएका थिए । अधिकारीको कार्यकाल सकिएपछि करिब साढे ३ महिना राष्ट्र बैंकले नयाँ नेतृत्व पाएन । पछि गणेशबहादुर थापा नियुक्त भए । थापाको कार्यकाल सकिएपछि पनि डेढ महिना केन्द्रीय बैंकले नेतृत्व पाएको थिएन । 

थापापछि हरिशंकर त्रिपाठी नयाँ गभर्नर बने । तर राष्ट्र बैंकमा साढे ४ महिनापछि मात्रै सतेन्द्रप्यारा श्रेष्ठले जिम्मेवारी पाएका थिए । त्रिपाठीपछि भने राष्ट्र बैंकको नेतृत्व १४ दिन खाली बस्नुपरेको थियो । उनको उत्तराधिकारीका रूपमा तिलक रावल तत्कालै नियुक्त भएका थिए । रावललाई बर्खास्त गरेर दीपेन्द्रपुरुष ढकाललाई राष्ट्र बैंकको नेतृत्व सुम्पिएको थियो । तर, सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएपछि रावल पुनः नेतृत्वमा आए ।  उनीपछि आएका विजयनाथ भट्टराईलाई विभिन्न मुद्दा लगाएर हटाएर राष्ट्र बैंकमा दीपेन्द्रबहादुर क्षेत्रीलाई नियुक्त गरिएको थियो । तर, पछि अदालतले पुनर्बहाली गरिदिएपछि भट्टराई राष्ट्र बैंक फर्किए । 

भट्टराईपछि युवराज खतिवडा गभर्नरमा नियुक्त भएका थिए । योबिचमा करिब २ महिना राष्ट्र बैंक नेतृत्वविहीन भएको थियो । खतिवडाको उत्तराधिकारीको रूपमा आएका चिरञ्जीवी नेपालले भने कुनै ग्याप नराखी राष्ट्र बैंकको जिम्मेवारी पाएको देखिन्छ ।  २०७६ चैत ५ गते चिरञ्जीवी नेपालको कार्यकाल सकियो । १९ दिनपछि सरकारले महाप्रसाद अधिकारीलाई नयाँ गभर्नर नियुक्त गरेको थियो । उनको कार्यकाल गत चैत २३ गते सकिएको छ । 

योबिचमा राष्ट्र बैंक नेतृत्वहीन भएको तीन साता भएको छ । गभर्नर छनोटका लागि सिफारिस समिति गठन भए पनि अहिलेसम्म बैठक बस्न सकेको छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको