Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्राष्ट्रिय अदालतको आदेशपछि इजरायलको कस्तो छ प्रतिक्रिया ?

अर्थ संसार

शनिबार, १२ जेठ २०८१, १६ : ३२ मा प्रकाशित

अन्तर्राष्ट्रिय अदालतको आदेशपछि इजरायलको कस्तो छ प्रतिक्रिया ?

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका केही सहयोगीहरूले आईसीजेको निर्णयपछि आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् र अदालतलाई यहूदी विरोधी र हमासको पक्षमा रहेको आरोप लगाएका छन् ।

तर, अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले राफाहमा सैन्य कारबाही रोक्न आदेश दिएपछि पनि इजरायलले आफ्नो अडान परिवर्तन गर्ने कुनै संकेत देखिएको छैन ।

इजरायली ट्याङ्कहरू अझै पनि रफाहको मध्य क्षेत्रमा पुगिरहेका छन् । इजरायली सरकारका पूर्व प्रवक्ता इलोन लेभीले फैसला सुनाउने प्रधानन्यायाधीश लेबनानी भएको आरोप लगाएका छन् ।

आईसीजेले इजरायललाई गाजाको रफाहमा भइरहेको सैन्य कारबाही रोक्न आदेश दिएको थियो । आईसीजेले दक्षिण अफ्रिकाको याचिकामा यस्तो निर्णय गरेको हो ।

आईसीजेले इजरायलले रफाहमा भइरहेको सैन्य कारबाही तत्काल बन्द गर्नुपर्ने र यसले प्यालेस्टाइनका लागि खतरा रहेको बताएको छ ।

टाइम्स अफ इजरायलको रिपोर्टका अनुसार यो आदेशपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद् र विदेश मन्त्रालयले संयुक्त वक्तव्य जारी गर्दै दक्षिणी गाजा सहरमा बसोबास गर्ने सर्वसाधारणको ज्यान जोखिममा पार्ने कारवाही इजरायलले बन्द नगरेको बताएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको