Like us!
Follow us!
Connect us!
Watch us!

इजरायलले भन्यो- रफाहमा तिब्र सैन्य कारबाही हुन्छ

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, ०९ : ०० मा प्रकाशित

इजरायलले भन्यो- रफाहमा तिब्र सैन्य कारबाही हुन्छ

इजरायलले आफ्नो सेना रफाहमा आफ्नो कारबाहीको दायरा थप विस्तार गर्न प्रतिबद्ध रहेको बताएको छ ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली सेनाको कारवाहीको उद्देश्य हमासलाई हटाउनु र इजरायली बन्धकहरूलाई सुरक्षित रूपमा रिहा गर्नु रहेको बताएका छन्।

गैलान्टले हाल इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानलाई इजरायलले 'आफ्नो अभियानको अवधिमा पर्याप्त मानवीय कारबाही गरिरहेको' बताए ।

इजरायलले गाजामा रहेको रफाह हमासको अन्तिम गढ रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार इजरायली सेनाले राफाहमा गरेको अभियानपछि करिब आठ लाख मानिसले इलाका छाडेका छन्। अमेरिकाले इजरायललाई राफाहमा सैन्य कारबाही नगर्न दबाब दिएको थियो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले इजरायल पुग्नुअघि साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग पनि कुराकानी गरेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको