Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीको मुद्दा बोकेर सडकमा उत्रियो कांग्रेस

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, १६ : २६ मा प्रकाशित

सहकारीको मुद्दा बोकेर सडकमा उत्रियो कांग्रेस

सहकारी ठगीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सडकमा पनि उत्रेको छ । कांग्रेसले आइतबार काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शनको आयोजना गरेको हो ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको दाबी गर्दै संसदीय समिति गठनको माग राखेर सदन अवरोध गरिरहेको कांग्रेस आइतबारदेखि सडकमा उत्रिएको छ ।  संसदमा कांग्रेसको नाराबाजीका बिच सरकार पक्ष पेलेर जान खोजेपछि कांग्रेस सडकमा उत्रिएको छ । गत बुधबार बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टीको काठमाडौँ, ललितपुर र भक्तपुर कार्यसमितिको ब्यानरमा प्रदर्शन गर्ने निर्णय भएको थियो । 

प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्ट लगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका छन् ।

सदनमा विरोध गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय समिति र कार्यसम्पादन समिति संयुक्त बैठकले केही दिनअघि गृहमन्त्री रवि लामिछानेविरुद्ध सडकमा कार्यकर्ता उतार्ने निर्णय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको