Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको साढे १४ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

अर्थ संसार

सोमबार, २८ जेठ २०८१, १० : ३४ मा प्रकाशित

कुमारी बैंकको साढे १४ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक  सेयर लिलामीमा राखेको छ । 

बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १४ लाख ६१ हजार ६ सय कित्ता सेयर लिलामीमा राखेको हो । 

उक्त लिलामी सेयरमा विद्यमान संस्थापक, सर्वसाधारण वा कम्पनीले खरिद आवेदन दिन पाउनेछन् । न्यूनतम प्रतिकित्ता १ सय रुपियाँ तोकेएको यस सेयर खरिदका लागि कम्तीमा न्यूनतम मूल्य र सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । 

आवेदन न्यूनतम १० हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

इच्छुक लगानीकर्ताले आज (जेठ २८ गते) देखि असार २ गतेसम्म काठमाडौं कमलादीस्थित बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा बोलपत्र फाराम बुझाउनुपर्नेछ । 

बोलपत्र फारम सोही स्थानमा पाइने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको