Like us!
Follow us!
Connect us!
Watch us!

सरकार परिवर्तन हुँदैनः प्रधानमन्त्री प्रचण्ड

अर्थ संसार

सोमबार, ०३ असार २०८१, १२ : ५७ मा प्रकाशित

सरकार परिवर्तन हुँदैनः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले सरकारका सम्बन्धमा बाहिर भएको हल्लामा सत्यता नभएको बताएका छन्। भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार राम्रैसँग अगाडि बढ्ने दाबी गरे  ।

‘सरकार अगाडि जान्छ । राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने रियूमरहरुमा कुनै सत्यता छैन । यो समीकरण राम्रैसँग जाने छ ‘, उनले भने।

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निति तथा कार्यक्रम र बजेटका विषयलाई लिएर दिनुभएको असन्तुष्टिलाई पनि ठुलो रुपमा हेर्न नहुने तर्क गरेका छन्। 

‘केपी ओली जीले पनि असन्तुष्टि जस्तो मात्रै पो गर्नुएभएको हो । असन्तुष्टि नै गर्नुभाछैन नि ‘, प्रधानमन्त्री प्रचण्डले  भने ।

उनले सरकारले सुशासन, सामाजिक न्याय र सम्वृद्धिका क्षेत्रमा पनि थुप्रै सकरात्मक पहलहरु अगाडी बढाएको धारणा राखेका छन् । सरकारका सय दिन सन्तोष जनक रहदा रहदै पनि अझै जनभावना अनुसारका  कामहरु भने हुन नसकेको उनको भनाइ छ ।

प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा खल्तीमा बोकेर हिँडेको भन्दै दिने अभिव्यक्ति उहाँहरुको पहिचानको अभिव्यक्ति मात्रै भएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको