Like us!
Follow us!
Connect us!
Watch us!

किन बिहिबारको अन्तिम घण्टामा आत्तिए लगानीकर्ता?

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, ०७ : ५१ मा प्रकाशित

किन बिहिबारको अन्तिम घण्टामा आत्तिए लगानीकर्ता?

साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य २.४७ अंकले बढेर २७४५.३६ को विन्दुमा बन्द भयो।

यहि वर्षको असार तेस्रो हप्ता २०००-२०५० मा रहेको नेप्से परिसूचक हालको अवस्थासँग तुलना गर्ने हो भने राम्रो बढेको देखिन्छ। यधपि, केपी ओली नेतृत्त्वको सरकार गठन भएपछिको लगानीकर्ताको उत्साहित माहोलले बजारलाई भाद्र महिनाको पहिलो हप्ता नेप्से परिसूचक ३००० माथि सम्म पुगेको अवस्थासंग तुलना गर्ने हो भने बजार घटेको नै देखिन्छ। 

बजार ३००० इन्डेसको वरिपरि पुगेपछि लगानीकर्ताको प्रोफिट बुकिङ्गबाट सुरु भएको करेक्सनले बजारमा निरन्तर सप्लाई हाबी हुँदा बजारमा एक प्रकारको प्यानिक नै सिर्जना भयो। अझ नेपालीहरुको हाम्रो ठुलो चाड दशैंमा ब्यापारी देखि सामान्य लगानीकर्ताले पनि बजारबाट पैसा निकाल्दा बजारमा करेक्सनलाई अझै मलजल दियो। त्यसमाथि, दशैँ लगतै मसान्तको ब्याजको व्यवस्थापन गर्न पर्ने अवस्थाको चेपुवा पनि दशैं अगाडी नै थपिएको कारण त्यसको असर पनि बजारमा देखियो नै। 

जसका कारण नेप्से घटेर २४४० को वरिपरि विन्दुबाट आश्विन १३मा पुगेर फर्केको देखिन्छ । दशैँ बिदा अगाडीको केहि दिन अगाडीबाट बढेको बजारमा कार्तिक १ को अन्तिम घण्टामा लगानीकर्ता प्रोफिट बुकिङ्गमा लाग्दा बजारमा सप्लाई हाबी भयो। तिब्र सप्लाईले अझ लगानीकर्ता प्यानिक हुँदा त्यसले किन्ने सोच गरेका सेयर खरिदकर्ता बजारबाट बिहिबारलाई किन्नबाट हच्किए। त्यसले अझ बजार घट्न मलजल गर्यो। बिहिबार नै २७८० को वरिपरि पुगेको परिसूचक घटेर २७४५ पुगेर बन्द भयो। समग्रमा बजार भने बढेर नै बन्द भयो। 

 

बजारमा सरकार ढल्ने हल्ला 

बजारमा सरकार ढाल्न लागेको हल्लाले पनि नेप्सेको करेक्सनलाई साथ थियो। हल्ला कति सम्म चलेको रहेछ भने कुरा त्यस हल्लाको कुरा स्वयम प्रधानमन्त्री केपी ओली खण्डन गरे। बुधबार एक कार्यक्रममा प्रधानमन्त्री वर्तमान सरकार खरानीको डल्लो नभएको भन्दै सरकार परिर्वतनको हल्लाको पछाडि नलाग्न आग्रह नै गर्नु पर्ने अवस्था देखियो। 

उनले आफ्नो सम्बोधनमा यो इतिहास बोकेका दुई ठुला दल मिलेर बनेको सरकार झन्डै दुईतिहाइको रहेको हेक्का राख्न भने। 

‘अहिले दिनैपिच्छे सरकार परिर्वतन हुन्छ भन्ने सुनिने गरेको छ। दसैँपछि तुरुन्त परिर्वतन हुन्छ रे,’, ‘कुन दसैँ भन्या? ०८४ सालको दसैँपछि चुनावमा? ठीकै हो। मैले अब एक वर्ष नौ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवाजीलाई म सरकारको नेतृत्व हस्तान्तरण गर्छु।’ ओलीले कार्यक्रममा भनेका थिए। 

बजार बढ्ने नै अधार धेरै 

बजारमा घटबढ सामान्य हो। तर समग्रमा अहिलेको अवस्थामा भने बजार बढ्ने नै सकारात्मक आधारहरु हाबी देखिन्छन्।  बैंकको ब्याजदर सस्तो हुँदा, बैंकको ब्याज भन्दा बजारको क्यापिटल जेन वा लाभांसले लगानीकर्तालाई बढी फाइदाजनक देखिन्छ। 

बैंकको ब्याजदर कात्तिक महिनामा पनि घटेको छ । लाभांश सिजन रहेको छ । कम्पनीहरुले लाभांश घोषणा गरेर साधारण सभा बोलाएका छन् । 

यस्तै, राष्ट्र बैंकले ल्याएको बजार मैत्री नीतिले पनि बजार बढ्नेतीर नै संकेत गर्छ । लगानीयोग्य पूँजी पर्याप्त छ भने सहज रुपमा कर्जा पाउने अवस्था छ । सरकार पनि सेयर बजार प्रति सकारात्मक छ । यस्ता कारणले पनि बजारले लय समात्ने देखिन्छ । 
 
तैपनि लगानीकर्ताले बिना अध्ययन लगानी गरेर बढेर टुप्पोमा पुगेका सेयर किन्दा भने ,'कहिले माथैमाथ कहिले पुर्पुरोमा हात' को अवस्था भने हाम्रै बजारमा निरन्तर भोगिरहेका हुन्छन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको