Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गरियोस् -चिरिबाबु महर्जन

अर्थ संसार

विहीबार, १७ बैशाख २०८३, १५ : ३७ मा प्रकाशित

सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गरियोस् -चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदाहरूको निर्माण तथा पुन:निर्माणलाई प्रभावकारी बनाउन सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका छन् । बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हालको खरिद ऐन सम्पदा संरक्षण र विकास निर्माणका कार्यमा मुख्य अवरोधका रूपमा देखिएको भन्दै यसलाई संशोधन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए।

मेयर महर्जनले आफ्नो कार्यकालको अनुभव सुनाउँदै विकासका योजनाहरू कार्यान्वयन गर्दा सबैभन्दा ठूलो चुनौती नै यही ऐनले खडा गरेको उल्लेख गरे । उनले  ऐनका जटिल प्रावधानहरूले काममा ढिलासुस्ती र प्रक्रियागत झन्झट निम्त्याएको बताउँदै उनले विकास र निर्माणका कामलाई सहज, सरल र द्रुत बनाउन सरकारले कानुनमा आवश्यक सुधार गर्नुपर्ने माग राखेका छन् ।

उनले भने, ‘मठ, मन्दिर, शिवालय, देवालय अर्थात सम्पदा बनाउनको निमित्त यो सार्वजनिक खरिद ऐनमा एउटा विशेष दफा जोडियोस् । जसले गर्दा काम गर्न निकै सहजीकरण होस् । सजिलो होस् । र हाम्रो जति पनि वर्कम्यानसीप छ । त्यो काममा एकदमै राम्रो नतिजा निस्कियोस् ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको