Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन कम, बिक्री अवधि थप

अर्थ संसार

बुधबार, १६ बैशाख २०८३, ०८ : १७ मा प्रकाशित

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन कम, बिक्री अवधि थप

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले हकप्रद सेयरमा अपेक्षाअनुसार आवेदन नपरेपछि बिक्री खुला अवधि थप गरेको छ। कम्पनीले यसअघि खुला गरेको हकप्रद सेयरमा पर्याप्त माग नआएपछि आवेदन दिने समय लम्ब्याएको जनाएको हो।

कम्पनीले हाल कायम साधारण सेयरधनीलाई १०० कित्ता बराबर १० कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल २३ लाख १० हजार कित्ता हकप्रद साधारण सेयर बिक्रीमा ल्याइएको हो।

हकप्रद सेयर बिक्री चैत २६ गतेदेखि सुरु भई वैशाख १६ गतेसम्म खुला गरिएको थियो। तर पर्याप्त आवेदन नपरेकाले अब आवेदन अवधि थप गरी वैशाख ३१ गते बैंकिङ समयसम्म कायम गरिएको छ।

कहाँबाट आवेदन दिने ?

इच्छुक लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरीबाट आवेदन फाराम प्राप्त तथा बुझाउन सक्नेछन्। साथै लक्ष्मी सनराइज बैंक लिमिटेड का विभिन्न शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत समेत आवेदन दिन सकिनेछ। हकप्रद सेयरको निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी पनि लक्ष्मी सनराइज क्यापिटलले नै सम्हालेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको