Like us!
Follow us!
Connect us!
Watch us!

कहिले बाँडफाँड हुन्छ कालिन्चोक हाइड्रोपावरको आईपीओ ?

अर्थ संसार

शुक्रबार, ०४ बैशाख २०८३, १६ : २४ मा प्रकाशित

कहिले बाँडफाँड हुन्छ  कालिन्चोक हाइड्रोपावरको आईपीओ ?

कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ को बाँडफाँड मिति तय भएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले  अर्को साता आईपीओ  बाँडफाँड गर्ने तयारी गरिरहेको छ।

कम्पनीको आईपीओमा २७ लाख ४९ हजार ६०२ जनाले आवेदन दिएका थिए । जसमा ६८ हजार ४७५ जनाले १०/१० कित्ताका दरले सेयर पाउनेछन् । बाँकी २६ लाख ८१ हजारको हात रित्तो हुने छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई बीबी संकेत प्रदान गरेको थियो । यसले कम्पनीको दायित्व पूरा गर्न केही कमजोर मध्यमस्तरमा रहेको जनाउँछ । कम्पनीले दोलखा जिल्लामा बग्ने साँगुखोलाबाट ५ मेगावाट क्षमतामा आयोजना निर्माण गरेको छ ।

आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको छ । साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता अवधि १५.३६ वर्ष छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको