Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, कति पुग्यो तोलाको ?

अर्थ संसार

विहीबार, १७ बैशाख २०८३, १० : ३४ मा प्रकाशित

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो । 

नेपाली बजारमा आज सुन तोलाको १ हजार ८०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९४ हजार ५०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदी १०५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ९१५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको