Like us!
Follow us!
Connect us!
Watch us!

गुठीमा बनेका भवन सरकारले कब्जामा लिनुपर्छ–सांसद महेश बस्नेत

अर्थ संसार

मंगलबार, ०३ असार २०७६, १८ : ५१ मा प्रकाशित

गुठीमा बनेका भवन सरकारले कब्जामा लिनुपर्छ–सांसद महेश बस्नेत

अर्थ संसार, काठमाडौं -नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले गुठीको जग्गा हडपेर बनाइएका भौतिक संरचनाहरु सरकारले कब्जामा लिनुपर्ने बताए ।

गुठीको जग्गा संरक्षण गर्न सरकार लागेको भन्दै जग्गा हडप्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भने ।

उनले भने,‘गुठीको जग्गामा महल र कम्प्लेक्स ठडिएको छ भने पनि सरकारले तत्काल कब्जामा लिनुपर्छ ।’ गुठीको जग्गा जोगाउन सरकार आक्रामक रुपमा प्रस्तुत भएको भन्दै गुठीको जग्गा हडपेर बनाइएको छायाँ सेन्टर समेत कब्जामा लिनुपर्ने बताए । उनले भने,‘छायाँ सेन्टरलगायत गुठीमा बनेका संरचना सरकारले कब्जामा लिनुपर्छ ।’

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा काठमाडौं बाहिर र भित्रको गुठी फरक भएकाले यही विधेयकले समेट्न नसक्ने बताए । फरक तरिकाले गुठीको समस्या सुल्झाउनुपर्नेमा जोड दिए ।

सरकारले गुठीबारे उठेको मागको यथोचित् सम्बोधन गर्नुपर्नेमा जोड दिए । गुठीको जग्गा व्यक्तिको नाममा पुर्याउने विधेयक विगतमा नेपाली काँग्रेसले ल्याएको भन्दै अहिले गुठीको पक्षमा काँग्रेस देखिनु लाजमर्दो भएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको