Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाइनान्सले बाेलायाे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

निशा हुमाँगाई

विहीबार, १० पुस २०७६, १२ : ४३ मा प्रकाशित

मञ्जुश्री फाइनान्सले बाेलायाे साधारण सभा, कहाँ, कहिले र शेयरधनीलाई कति लाभांश ?

अर्थ संसार,काठमाडाैं - मञ्जुश्री फाइनान्स कम्पनीले साधारण सभा बाेलाएकाे छ । उक्त सभा, पुस २९ गते थापागाउँ ब्यांकेट, नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुने भएको छ । सभामा कम्पनीले ११.५५% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । कम्पनीले गत वर्षको मुनाफाबाट १.७५% बोनस सेयर र कर प्रयोजन सहित ९.८०% नगद लाभांश वितरण प्रस्ताव गरेको छ ।

सभामा आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका एजेन्डा राखिएको छ ।

यसैगरी, जारी पुँजी र चुक्ता पुँजी बृद्धि गर्ने एजेन्डा पनि रहेकाे छ । सभामा आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

यसका साथै, सभा प्रयोजनको लागि कम्पनीले पुस १५ बुक क्लोज गर्दैछ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको