Like us!
Follow us!
Connect us!
Watch us!

कसलाई चुनियाे एनआईसी एशिया लघुवित्तको शेयर रजिष्ट्रार ?

निशा हुमाँगाई

सोमबार, २२ असार २०७७, १२ : ४० मा प्रकाशित

कसलाई चुनियाे एनआईसी एशिया लघुवित्तको शेयर रजिष्ट्रार ?

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाले आज (असार २२ गते, साेमबार) बाट लागू हुने गरी बबरमहल, काठमाडाैंस्थित एनआईसी एशिया क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेकाे हाे ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्ति गरिएकाे कम्पनीले जानकारी गराएकाे छ । 

अब उप्रान्त संस्थाकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू एनआईसी एशिया क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको