अर्थ संसार, काठमाडौं – नेपाल आर्थिक पत्रकार समाज (सेजन) लेफ्याक्ट रिसर्च एन्ड एनालिटिक्स रिसर्चसँग मिलेर ‘सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसिप’को घोषणा गरको छ ।
आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवद्र्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउनेबारे सेजन र फ्याक्ट्सबीच सम्झौता भएकोछ ।
फेलासिपका लागि सुरुमा कम्पनीले वार्षिक ५० हजार रुपैयाँ सेजनलाई उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । कम्पनीका अनुसार प्रत्येक वर्ष १० प्रतिशतले उक्त रकममा वृद्धि गरिनेछ ।
हरेक वर्ष सेजन स्थापना दिवसको अवसर पाररे फेलोसिप वितरण गरिनेजारी विज्ञप्तिमा उल्लेख छ । फेलोसिपका लागि सेजनका पूर्वअध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजन अध्यक्ष या कार्यसमितिबाट अध्यक्षले तोकेका व्यक्ति रहनेगरी मूल्यांकन समिति गठन गर्ने व्यवस्था गरिएकोछ ।
सम्झौतापत्रका सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रबन्धक मनीष झालेहस्ताक्षर गरको विज्ञप्तिमा छ । डेढ वर्षअघि निधन भएका सञ्जय न्यौपानेले सेजन उपाध्यक्षको भूमिका निर्वाहगरका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस