Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजारको विकास, विस्तार र लगानीकर्ताको संरक्षण नै मुख्य प्राथमिकता हो- अध्यक्ष भट्ट

अर्थ संसार

आइतबार, १० साउन २०८३, १० : ५४ मा प्रकाशित

पुँजी बजारको विकास, विस्तार र लगानीकर्ताको संरक्षण नै मुख्य प्राथमिकता हो- अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टले पुँजी बजारको विकास विस्तार नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको भेटघाटमा अध्यक्ष भट्टले लगानीकर्ताको हकहितको संरक्षणका गर्नु आफ्नो ध्यान केन्द्रीत रहेको बताएका हुन् । 

पुँजी बजारको सबै कुरा सेबोनले नै हेर्नु पर्ने भन्दै उनले केन्द्रीय बैंक भन्दा पनि सेबोन ठूलो निकाय भएको बताए । ‘अन्तराष्ट्रि रुपमा हेर्दा अमेरिकामा केन्द्रीय बैंक भन्दा त्यहाँको पुँजी बजारको नियामकीय निकाय ठूलो छ । बजारलाई केन्द्रीय बैंकले भन्दा पनि सेबोनले नै हेर्नु पर्छ,’ उनले भने । पुँजी बजार ठूलो क्षेत्र भएकाले त्यसै अनुसार काम गर्नु पर्ने उनको भनाइ छ । 

पुँजी बजार सुधारका लागि बोर्डले अहिले अध्ययनको काम गरिरहेको बताएका अध्यक्ष भट्टले पुँजी बजारको पूर्वाधार विकासका लागि काम गर्नु पर्ने उल्लेख गरे । आश्वासन भन्दा पनि नियम कानुनले बजारलाई सुधार गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए । आफू बोर्डमा आए पछि दिर्घकालिन र अल्पकालिन सुधारका कार्यक्रमहरु सार्वजनिक गरिसकेको उनले जानकारी दिए । केही समयमा नै आम लगानीकर्ताले महसुश हुने गरि परिणाम आउने उनको दाबी थियो । समय निर्धारण गरेर काम गरिएको बताउँदै उनले कागजमा भन्दा पनि तोकिएको सयममा नै व्यवहारमा नै परिणाम देखिने गरि काम हुने दाबी गरे । 

पुँजी बजार ठूलो मैदान भएकाले यो मैदानमा खेल्नका लागि सहज हुने गरि पूर्वाधार निर्माण हुने उनको भनाइ थियो । ‘पुँजी बजार ठूलो क्षेत्र हो । यहाँ धेरै खेलाडीहरु हुन्छन् । उनीहरुलाई खेल्नलाई सहज हुने गरि पूर्वाधार निर्माण हुन्छ,’ उनले भने । 

केही समय देखिएको रोकिएको आईपीओको विषयमा भने उनले अहिले आवेदन दिएका कम्पनीहरुको अध्ययन भइरहेकाले मापदण्ड पुगेका कम्पनीहरुको आईपीओ स्वीकृत हुने बताए । ‘अहिले म आए पछि आवेदन आएको भन्दा पनि पहिले देखिनै पाइपलाइनमा रहेका कम्पनीहरुको आईपीओ स्वीकृति गर्ने विषयमा कम्पनीको अवस्था अध्ययन गरेर निष्कर्षमा पुग्छौँ,’ उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको