Like us!
Follow us!
Connect us!
Watch us!

पाँच महिनापछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा पुनः सुरु

अर्थ संसार

सोमबार, १५ असार २०८३, १५ : ४२ मा प्रकाशित

पाँच महिनापछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा पुनः सुरु

त्रिवि शिक्षण अस्पतालले पाँच महिनादेखि बन्द रहेको स्वास्थ्य बीमा सेवा सोमबारदेखि पुनः सुरु गर्ने भएको छ। अस्पतालका अनुसार हालका लागि बीमा अन्तर्गतको बहिरङ्ग(ओपिडी) सेवा मात्र उपलब्ध हुनेछ।

स्वास्थ्य बीमा बोर्डले अस्पताललाई बुझाउन बाँकी रहेको उपचारबापतको रकम भुक्तानी प्रक्रिया अगाडि बढाएपछि यो सेवा पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो। यसअघि बोर्डबाट करिब ४० करोड रुपैयाँ दाबी भुक्तानी नपाएपछि आर्थिक संकटका कारण अस्पतालले गत माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा स्थगित गरेको थियो।

अस्पतालका अनुसार पहिलो चरणमा ओपिडी सेवा मात्रै सञ्चालन हुनेछ। भर्ना, शल्यक्रिया र अन्य बीमा सेवा भने आवश्यक तयारी र समन्वयपछि मात्रै सुरु गरिनेछ। स्वास्थ्य बीमाको ओपिडी टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २ः३० बजेसम्म वितरण गरिनेछ। शिक्षण अस्पतालले २०७७ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर स्वास्थ्य बिमा बोर्डबाट दाबी रकम भुक्तानीमा ढिलाइ, उपचार शुल्कसम्बन्धी विवाद तथा ठूलो रकम स्वीकृत नहुँदा सेवा सञ्चालनमा समस्या हुँदै आएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको