नेपालको लघु जीवन बीमाको क्षेत्रमा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिएको छ । नेपाल बीमा प्राधिकारणले सार्वजनिक गरेको लघु बीमा व्यवसाय अध्ययन प्रतिवेदन अनुसार लघु जीवन बीमा गराउनेमा पुरुषको भन्दा महिलाको संख्या धेरै देखिएको हो ।
प्राधिकरणले बीमालेख संख्याका आधारमा ४८ प्रतिशत जनसंख्या बीमामा समेटिएको दाबी गर्दै आएको छ । यो पहुँचमा वैदेशिक रोजगारी म्यादी बीमाको बाध्यकारी प्रावधानका कारण पुरुष श्रमिकहरुको संख्या अधिक छ । पुरुषको क्रयशक्ति र पारिवारिक निर्णयमा वर्चश्वका कारण बचत प्रकृतिको सावधिक जीवन बीमामा पुरुषको पहुँच महिलाको तुलनामा अधिक छ । समग्रमा संख्यात्मक हिसाबले बीमा सुरक्षा कवचभित्र समेटिनेमा पुरुषको तुलनामा महिलाको संख्या अधिक छ ।
प्राधिकरणले हालै प्रकाशन गरेको नेपालमा लघु बीमा व्यवसायसम्बन्धी अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा लघु जीवन बीमामा पुरुष बीमितको वर्चश्व रहेकोमा पछिल्ला वर्षहरुमा महिलाको सहभागितामा उल्लेख्य वृद्धि देखिएको छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७९/८० मा कुल २१९ लघु बीमालेख जारी हुँदा पुरुष बीमित ६५.७५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ देखि महिला बीमितको संख्यामा उल्लेखनीय रुपमा वृद्धि भएर ६९.४९ प्रतिशत पुगेको छ । यसपछिका वर्षहरु आर्थिक वर्ष २०८१/८२ मा ६१.४१ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा ६१.४३ प्रतिशत महिला सहभागिता रहेको देखिन्छ ।
प्राधिकरणको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० महिलाको प्रतिशत ३४.२४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०/८१ महिलाको सहभागिता ६९.४९ प्रतिशत पुग्दा पुरुषको सहभागिता ३०.५७ प्रतिशतमा झरेको थियो । त्यस्तै आर्थिक वर्ष २०८१÷८२ मा यो अनुपात ६५.४१ : ३८.५८ प्रतिशत र गत आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा ६१.४३:३८.५६ प्रतिशत पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस