Like us!
Follow us!
Connect us!
Watch us!

मूल्य वृद्धिदर १४ वर्षयताकै सबैभन्दा न्यून

बुधबार, ०६ भदौ २०७५, ०८ : २८ मा प्रकाशित

मूल्य वृद्धिदर १४ वर्षयताकै सबैभन्दा न्यून

अर्थ संसार, काठमाडौं– आपूर्ति व्यवस्थामा सुधार आएसँगै नेपालमा मूल्य वृद्धि १४ वर्षयताकै सबैभन्दा न्यून भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ०७४/७५ मा वार्षिक औसत मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित रहेको छ ।

यो पछिल्लो डेढ दशकयताकै न्यून मूल्यवृद्धि हो। समीक्षा अवधिमा नेपालको बाह्य क्षेत्र निकै कमजोर देखिएको छ । आव ०७४/७५ मा चालू खाता २ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ घाटामा छ ।

आव ०७३/७४ मा चालू खाता १० अर्ब १३ करोडले घाटामा थियो। पेट्रोलियम पदार्थ, यातायातका साधन तथा औद्योगिक सामग्रीलगायतको उच्च आयातका कारण चालू खाता उल्लेख्य घाटामा रहेको केन्द्र बैंकले जनाएको छ ।

त्यसैगरी, अघिल्लो वर्ष ८२ अर्ब ११ करोडे बचतमा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा वर्षमा ९६ करोड बचतमा रहेको छ । विदेशमा रहेका नेपालीहरूले पठाउने रकम (रमिट्यान्स)को  मात्र उल्लेखीय रूपले बढेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा रमिट्यान्स आय ८.६ प्रतिशतले वृद्धि भई ७ खर्ब ५५ अर्ब ६ करोड पुगेको छ ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.६ प्रतिशतले वृद्धि भएको थियो। अघिल्लो वर्ष २६.३ प्रतिशत रहेको विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात समीक्षा वर्षमा २५.१ प्रतिशत रहेको छ । नयाँपत्रिकाबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको