रमेश पौडेल
अर्थ संसार, पोखरा - गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा एसियाकै उत्कृष्ट ‘लेक भ्यु रिसोर्ट एण्ड अपार्टमेन्ट’ निर्माणको काम अगाडि बढेको छ ।बि एण्ड बि प्रालीद्धारा निमार्ण हुन थालेको सो अपार्टमेन्टले नेपालकै पर्यटन क्षेत्रको चलायमान बनाउने दावी कम्पनीले गरेको छ ।
रियलस्टेट क्षेत्रमा २५ वर्ष देखि काम गरेका पोखराका सफल युवा ब्यवसायीको लगानीमा परियोजना अगाडी बढेको हो । पोखरा महानगर पालीका १८ स्थित फेवातालको उत्तर पश्चिम सेदीमा अवस्थित ३६ रोपनी क्षेत्रफलमा एसीयाकै नमुना अपार्टमेन्ट बन्ने दावी परियोजनाका प्रवन्ध निर्देशक बिमल बसेलले जानकारी दिनु भयो ।
तिन बर्षमा सम्मपन गर्न सो परियोजना ८ अर्ब रुपैयाँको लागतमा निमार्ण हुने भएको हो । अपार्टमेन्टमा ‘३ तलाको पार्किङसहित १८ तला सम्म अपार्टमेन्ट निर्माण हुन्छ,’ बसेलले भन्नु भयो , ‘पोखरामा अन्तर्राष्ट्
य विमानस्थल बनिसक्दा आफूहरु पनि सेवाका लागि तयार भइसक्नेछौं ।’
परियोजनामा वारेमा बोल्दै बसेलले भन्नु भयो— पर्यटन क्षेत्रमा गण्डकी प्रदेश सरकाले लिएको लक्षलाई पुरा गर्ने पनि यो आवश्यक छ । प्रदेश सरकाले यस क्षेत्रलाई लगानी मैत्री बनाउन लगानी सम्मेलन गदै छ । स्थानीय ब्यवसायीको अगुवाईमा सञ्चालन हुने सो परियोजनाले पोखरामा लगानी गर्ने वातावरण सिर्जना भएको ब्यवसायी हरुले वताएका छन् ।
एसियाकै नमुना अपार्टमेन्टमा २ वटा विल्डिङमा ४ सय ६४ वटा अपार्टमेन्ट निर्माण गरिने सो कम्पनीका ईन्जीनीयर बिक्रम थापाले जानकारी दिनु भयो । ‘टाइम सेयरिङ’ अवधारणाबाट अपार्टमेन्ट निर्माण हुने छ । अपार्टमेन्टका आफ्नै विशेषता छन्,’ प्रबन्ध निर्देशक बसेलले भन्नु भयो – अपार्टमेन्टले संसारभरका मानिसहरुलाई दोस्रो घरको याद दिलाउनेछ ।’
जसमा २ वटा रेस्टुरेन्ट, २ वटा स्विमिङ पुल, सुपरमार्केट, ट्राभल सुविधा, मनि चेञ्जर, व्युटिपार्लर, स्पा, सैलुन, हेल्थ क्लब, पेन्ट घर लगायत मानवीय आवश्यकता प्रशस्त सुविधा रहने छन ।
अपार्टमेन्टको बार्दलीबाट फेवाताल, पोखरा, शान्तिस्तुपा लगायत पोखरा वरपरका सुन्दर दृश्यहरुको दृश्यावलोकन गर्न सकिनेछ । नमुनायोग्य प्रोजेक्टले पोखराको पर्यटन क्षेत्रलाई ब्राण्डिङ गरेर संसारभर चिनाउन योगदान पुर्याउने कम्पनीका अध्यक्ष बिमला बसेलले जानकारी दिनु भयो ।
परियोजना निर्माण हुने स्थान सम्याउने काम सकिएको निर्देशक राम बसेलले जानकारी दिनु भयो । अपार्टमेन्टका विशेषताहरु सेभेन स्टार स्तरको हुने छ । संसारकै उत्कृष्ट अवधारणाबाट निमार्ण हुने अपार्टमेन्टको बुकिङसमेत सुरु भएको छ ।
१ करोड ३३ लाख रुपैयाँदेखि २ करोड ८९ लाख रुपैयाँसम्मका अपार्टमेन्ट खरिद गर्न सकिनेछ । प्रि लन्चिङको अवसरमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ कम्पनिको भनाई छ । प्रि लन्चिङका अवसरमा झण्डै ९० बटा अपार्टमेन्ट बुकिङ भएको बताईएको छ ।
यता पोखरा सागुरो हुदै गएको छ सानासाना घरले पोखरालाई अब्यवस्थित बनाउने भएपछि महानगरले मापडण्डमा थप उदार हुन थालेको छ । हाल सम्म पोखरा ३५ फिटको अनुमती लिएर ११ तलाका होटल बनेका छन ।
सोही लाई आधार मानेर महानगरले उचाईको मापडण्डलाई परिमार्जन गर्ने थालेको छ । उचाईको मापदण्ड बढाउने प्रकृया अगाडी बढाएको महानगरका नक्शा शाखा प्रमुख ईन्जिनियर पुर्ण गुरुङले वताउनु भयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस