Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र खस्किदै गएपछि इरानका अर्थमन्त्रीमाथि अभियोग

आइतबार, १० भदौ २०७५, १६ : ३३ मा प्रकाशित

अर्थतन्त्र खस्किदै गएपछि इरानका अर्थमन्त्रीमाथि अभियोग

अर्थ संसार, तेहरान– अर्थतन्त्रमा एकपछि अर्को सङ्कट खेप्नु परेको इरानको संसदले अर्थमन्त्री मसूद कार्बासिएनलाई अर्थतन्त्र खस्किदै गएको भन्दै आइतबार अभियोग लगाएको छ ।

कार्बासिएनलाई अभियोग लगाउने प्रस्तावमाथि संसदमा भएको मतदानमा प्रस्तावको पक्षमा १३७ जना र विपक्षमा १२१ जनाले मतदान गरेका थिए भने दुई जना अनुपस्थित भएका थिए ।

राष्ट्रपति हसन रुहानीको मन्त्रिपरिषद्का सदस्यमध्ये यही महिना अभियोग लाग्ने कार्बासिएन दोस्रो हुनुहुन्छ । यसअघि श्रममन्त्री अलि राबिएलाई यही अगस्ट ८ का दिन अभियोग लगाएर हटाइएको थियो ।

इरानले अहिले उच्च मुद्रास्फिती र लामो समयदेखि बेरोजगारीको समस्या भोगिरहेको छ । ती समस्या समाधानका लागि मन्त्री र सरकारले कुनै ठोस काम गर्न नसकेको एक जना सांसद अब्बास पायीजाडेहले बताउनुभयो । मन्त्रीको गलत भूमिकाका कारण आम नागरिकले त्यसको असर भोग्नु परिरहेको उहाँको भनाई छ । रासस÷ एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको