अर्थ संसार, काठमाडौँ – रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थलमा हवाईसेवा १५ महिनादेखि बन्द छ । हवाईसेवा बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमका बासिन्दा मारमा परेका छन् ।
विसं २०७४ जेठदेखि सो विमानस्थलमा हवाईसेवा बन्द छ । हवाईसेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । मिसन अस्पतालले रिफर गरेका बिरामीलाई सास्ती भएको छ । बिरामीलाई कच्ची सडक प्रयोग गरी उपचारका लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौँ लैजानुपर्ने बाध्यता भएको स्थानीयवासी गोपाल रेग्मीले बताउनुभयो ।
विमानस्थल नियमित रुपमा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरिरहेको रुकुम पश्चिमका प्रदेशसभा सांसद गोपाल शर्माले बताउनुभयो । कम्तीमा हप्तामा एक पटक उडान भर्न प्राधिकरणसँग पहल भइरहेको छ, उहाँले भन्नुभयो । केही समय अगाडि रु ४ करोड ५० लाख खर्च गरी उक्त विमानस्थल कालोपत्र गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस