Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रमा खतरा छैन : अर्थमन्त्री

बुधबार, १३ भदौ २०७५, १९ : ४० मा प्रकाशित

अर्थतन्त्रमा खतरा छैन : अर्थमन्त्री

अर्थ संसार, काठमाडौँ - अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान अवस्थामा अर्थतन्त्रमा कुनै खतरा नरहेको बताउनुभएको छ ।

आर्थिक पत्रकार समाज ९सेजन०को १९औँ वार्षिक साधारणसभाको अवसरमा उहाँले भन्नुभयो, “हामी सबल अर्थतन्त्र निर्माण गर्ने चरणमा छौँ, अहिले अर्थतन्त्रमा कुनै खतराको बिन्दु देखिएको छैन ।

सबल अर्थतन्त्रका राम्रा पक्षलाई ओझेलमा पारिनु हुँदैन, यसले निजी क्षेत्रमा निरासा उत्पन्न हुन्छ ।”

अर्थमन्त्री डा खतिवडाले बजेट अनुशासनमा आएको र केही आलोचना खेप्नुपरे पनि मुलुककै हितमा रहेको स्पष्ट पार्नुभयो । संरचनागत कमजोरीले व्यापार घाटाका चुनौती बढेको उल्लेख गर्दै उहाँले निर्यातमुखी अर्थतन्त्रको विकासमा अघि बढ्नुपर्छ भन्नुभयो ।

निजी क्षेत्रको लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेकाले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सार्थक तुल्याउन निजी क्षेत्रबाट दुई तिहाइ लगानी र प्रशस्त रोजगारी सिर्जना हुनुपर्नेमा उहाँको जोड थियो ।

अर्थमन्त्री डा खतिवडाले वित्तीय सङ्घीयता कार्यान्वयनका लागि धमाधम कानून निर्माण भइरहेको पनि जानकारी दिनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले उद्यमशीलताको विकास तथा लगानी प्रवद्र्धनका लागि सरकारले आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले अर्थतन्त्रका नकारात्मकभन्दा सकारात्मक पक्षलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

सूचिकृत कम्पनीलाई बार्षिक शुल्क बुझाउन नेप्सेको आग्रह, नतिरे सेयर कारोबार स्थगनसँगै १० प्रतिशत जरिवना

करिब पाँच अंकले घट्यो बजार

किन बिक्न छाडे चर्चित कम्पनीका शेयर

लगानीकर्ताले अर्थमन्त्री खतिवडालाईलाई भेटेर भने– ‘सेयर बजार सुधार गर्न यी काम छिटो गर्नुहोस्’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको