Like us!
Follow us!
Connect us!
Watch us!

बोनम्यारोकी रोगी पाँच वर्षीया मियुङ्गपुन मगरले भनिन्–‘मलाई बचाइदिनुहोस् ! डाक्टर बनेर देशको सेवागर्न चाहन्छु’

अर्थ संसार

बुधबार, २२ साउन २०७६, १५ : ४० मा प्रकाशित

बोनम्यारोकी रोगी पाँच वर्षीया मियुङ्गपुन मगरले भनिन्–‘मलाई बचाइदिनुहोस् !  डाक्टर बनेर देशको सेवागर्न चाहन्छु’

अर्थ संसार, काठमाडौं–बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँचवर्षीया मियुङ्गपुन मगरलाई सहयोगको अपिलगरिएको छ । रिपोर्टर्स क्लब नेपालमाबुधबार पत्रकार सम्मेलन गरी मगरको परिवार र आफन्तले सहयोगको अपिल गरेकाहुन् । ‘मियुङ्गपुन मगर बचाऔं अभियान’ले सहयोगीमनहरुकालागिग्लोबल आई.एम.ई.बैकको खाता नं. ०७०७०१०००८४१७मा रकमजम्मागरिदिनआग्रह गरेको छ ।

भूपेन्द्र बुढा, उषापुन र सबिन पुलामी मगरको नाममा रहेको संयुक्तखातापारदर्शी गरिएको जानकारी गराइयो । सहयोगकालागिमियङ्गपुनकीआमाउषापुनको सम्पर्क नम्बर ९८६६३०८४४८ मा सम्पर्क गर्न सकिने जानकारी दिइयो ।

रोल्पाजिल्लाथवाङ गाउँपालिका वडा नं. ५जीवनपुनर उषापुनमगरकीपाँचवर्षीया छोरी मियुङ्गपुन मगर लामो समय देखि बोनम्यारो रागबाट पिडित छिन् । कार्यक्रममाउपस्थितभएकीमियुङ्गपुन मगरले आफू बाँच्नचाहेको बताइन् । पाँचवर्षीया बालिकाले भनिन्,‘मलाई बचाइदिनुहोस्,म बाँचेर डाक्टर बनी देश र समाजको लागिकाम गर्छु ।’

उनकीआमाउषापुन मगरेले रुँदै आफ्नी छोरी जन्मेको तीनमहिनादेखि नै रोगीभएको र उपचार गर्दा तीनचार वर्ष अगाडिबोनम्यारो रोगको सिकार भएको पत्तालागेको बताइन । छोरीको तीनमहिना अघिदेखिअल्का अस्पतालमा उपचार गराएको र हालसिभिल हस्पिटल बानेश्वरमाउपचार गराईरहेको उनले बताइन् । उपचारमाआफ्नो सबै सम्पत्ति सकिएको र सम्पत्तिका रुपमा छोरी मात्रबाँकी रहेको हुँदा छोरीको उपचारकालागि सहयोग गर्न आग्रहगरिन् ।

मगर संघका अध्यक्ष समेत रहेकाआदिवासीजनजाति संघका कार्यवाहकअध्यक्षनवीन रोक्का मगरले मियुङ्गपुन मगरको जीवन रक्षाकालागि सबैलाई आआफ्नो ठाउँबाट सहयोगको आग्रह गरे । बचाउअभियानमायुवाको तर्फबाट भएको बताए । रोग लागेर उपचारमा समस्या रहेकाहरुको सहयोगकालागिसरकार नै लाग्नुपर्ने बताए । मियुङ्गपुन मगर बचाउअभियानमा सातजनाको टोलीबनाएर अभियानचलाएको र उपचारकालागिपाँचलाखलाग्ने हुँदा सबैले सहयोग गरिदिन समेत आग्रह गरे ।

कार्यक्रममासमाजसेवीतथायुवा नेताजितेन्द्र पुन मगरले बालिकालाई सहयोगको अपिल गरे । सानै उमेरमाबालिकाप्राणघातक रोगको आक्रमणमा परेकाले आफूहरु सहयोग जुटाउन सक्रियभएको बताए । उनले भने,‘सबैको सहयोगकालागिआग्रह गर्छौं ।’गाउँतथानगरपालिकाको सिफारिस मार्फत सरकारलेएक लाखरुपैयाँदिने र यसले नपुग्ने भएको हुनाले सहयोगको दायरा सरकारले बढाउनुपर्ने माग गरे ।

मियुङ्गपुन मगर बचाऔं अभियान समितिकीकासांयोजक समाजसेवीजुनु पुन मगरले अहिलेसम्म २७जना यस्ता बालबालिकाको उपचारमा सहयोग गरिसकेको बताइन । उनले मियुङ्गको उपचारमा एक महिनामा ४५ हजार लाग्ने भन्दैमियुङ्गपुन मगरलाई बचाउनकालागि देश तथाविदेशमा रहनुभएकासबैलाई सहयोगको आग्रहगरिन् ।
समाजसेवी सबिन पुलामी मगरले सबैलाई सहयोगकालागिआग्रह गरे । बालिकालाई पुर्नजन्मदिन सबैको साथ र सहयोग रहेको बताए ।

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको